2026 May 20/ 10:10: 55am

बिष्णु घिमिरे, साउदी अरेबिया
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अन्तर्गतको रियाद क्षेत्रीय समन्वय समितिको २०२३–२०२५ कार्यकालका लागि अध्यक्षमा महेश घिमिरेलाई चयन गरेको छ । 
साउदीको रियाद शहरमा सम्पन्न छैठौं क्षेत्रीय अधिवेशनबाट घिमिरेलाई चयन गरिएको थियो । समितीको उपाध्यक्ष राजु बराल, सचिव जितेन्द्र थपलिया, सह–सचिव देवेन्द्र विश्वकर्मा, कोषाध्यक्ष नारायण श्रेष्ठ, सह–कोषाध्यक्ष संजोग पाण्डे चयन हुनु भएको छ भने सदस्यहरुमा नवराज डुम्रे, सुजन घिमिरे, सितादेवी भट्टराई, कृष्णमाया हुमागाईँ, रोशन घ्लान तमाङ, जितेन्द्र चमार, नरेश महरा र मिन प्रसाद अधिकारी चयन हुनु भएको छ । 
कार्यक्रममा नेपाली राजदूतावास रियादका प्रथम सचिब तथा कार्यवाहक नियोग उपप्रमुख  ऋषिराज आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा एनआरएन पदाधिकारी, भातृसंगठन, सामाजिक संघ संस्था, पत्रकार, कलाकार लगायतको उपस्थिति रहेको थियो । एनआरएन साउदीले आगामी कार्यकाल २०२३–२०२५ का लागि  संगठनमा आबद्ध पन्जीकृत सदस्यको नविकरण तथा नयाँ सदस्यता लागि आवेदन खुल्ला गरेको जनाएको छ भने जसका लागि १५ रियल शुल्क लिने व्यवस्था गरेको छ ।