2026 May 20/ 08:04: 57am

    बनेपा/जिल्ला सहकारी संघ काभ्रेले नव वर्ष २०८० को  शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । 
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी गौैतमले जिल्लामा रहेका सहकारीहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण र पारिबारिक रुपमा सञ्चालन भएका सहकारीहरुमा समस्या भएको वताउनु भयो । सहकारीहरुले समस्या भयो भन्दैमा ढोका थुने् भाग्ने र फोन नउठाउने होईन समस्याको सभाधान तिर लाग्न सुझाब दिनु भयो । सहाकारीहरुमा बैकको भन्दा कारोबार गर्न सजिलो, दुख र सकंकटको सारथीका रुपमा रहेको उहाँले बताउनु भयो । केहि सहकारीहरुको वेथितीका कारण सबै सहकारीको वदनाम भएकाले सदस्यहरुले बिचार गरी सहकारीहरुमा कारोबार गर्न गौतमले आग्रह गर्नु भएको थियो । कार्यक्रमका सभापति तथा सघंका अध्यक्ष दिलिप शर्माले जिल्ला सहकारी संघ लि.ले सहकारीको विकास, प्रवद्र्धन, विस्तार तथा क्षमता अभिबृद्धिका विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका कारण  नेपालका ७७ जिल्ला मध्ये उत्कृष्ट जिल्ला सहकारी संघ लि घोषणा भएको अवसरमा तथा नयाँबर्ष २०८० शुभकामना आदान प्रदान गरीएको बताउनु भयो । 
कार्यक्रममा संघका उपाध्यक्ष अमन पोटे श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो ।  कार्यक्रममा बनेपा नगरपालिकाका उप प्रमुख बिमला सापकोटा,  वागमती प्रदेश बचत तथा ऋण सहकारी सघंका अध्यक्ष उद्धव सापकोटा, सल्लाहकारहरु मुकुन्दप्रसाद दाहाल, विनोद पराजुली,  सुभप्रसाद अधिकारी, सोमप्रसाद हुमाँगाई, स्थिरीकरण कोषका सञ्चालक प्रकाश बन्जरा, कोअपरेटिभ मेनेजर्स क्लवका अध्यक्ष मदन बस्नेत लगाएतको उपस्थिती रहेको थियो । सघंको कुल शेयर पुजीं २ करोड ३८ लाख, ऋण लगानी २७ करोड निक्षेप ३५ करोड ५५ लाख कुल पुजीं ४४ करोड ६८ लाख रहेको जनाएको  छ भने नयाँ भवन कुल ८ करोड ३५ लाखमा निमार्ण भएको वताएको छ ।