2026 May 20/ 07:12: 45am

बास्डोल/बनेपा नगरपालिका वडा नम्बर १२ मा रहेको बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले सेवा केन्द्र भैसेपाटीमा शुरु गरेको छ ।  
बनेपा नगरपालिका वडा नम्बर १३ को भैसेपाटीमा गत बुधबारबाट सेवा केन्द्र सञ्चालन गरेको हो ।
संस्थाका अध्यक्ष सुरेन्द्र महतको सभापतित्वमा भएको कार्यक्रम  संस्थाका सचिव रामकृष्ण कुँवरले सञ्चालन गर्नु भएको थियो  । कार्यक्रममा स्वागत मन्तव्य व्यवस्थापक अनन्तप्रसाद तिमल्सिनाले राख्नु भएको थियो । तिमल्सिनाले संस्था २०६४ भदौ ४ गते स्थापना भएको र कार्यक्षेत्र बनेपा नगरपालिका र पनौती नगरपालिकामा भएको बताउनु भएको थियो । २०९५ जना शेयर सदस्य रहेको संस्थाले आफ्नो पुँजी १८ करोड रुपैयाँ पु¥याएको छ । आगामी वर्षमा थप सेवा केन्द्र सञ्चालन सहित संस्थाका गतिविधिलाई अझै प्रभावकारीरुपमा अघि बढाइने तिमल्सिनाले बताउनु भयो । सहकारी २०५८ सालमा पिडिडिपी कार्यक्रम मार्फत ३८ वटा समूह बनाई साप्ताहिकरुपमा बचत संकलन गर्दै सहकारीमा रुपान्तरण गरिएको थियो । भैसेपाटीमा सेवा केन्द्र सञ्चालन गरिएको पहिलो दिन ५० जना सदस्य बनेको ब्यबस्थापक तिमल्सिनाले बताउनु भयो । कार्यक्रममा  संस्थाका वरिष्ठ सल्लाहकार  वकिलनाथ शर्मा वाग्ले, प्रमुख सल्लाहाकार मुकुन्द शर्मा, कोषाध्यक्ष कल्पना कुँवर लगायतले मन्तव्य राख्नु भएको थियो । 
कार्यक्रममा संस्थाको फागुन ३० सम्मको कुल शेयर पुजीं २ करोड ९१ लाख, कुल निक्षेप १२ करोड ८० लाख ८२ हजार रहेको जनाएको छ ।