बनेपा/काभ्रे लेडी जेसीज, कट्स एण्ड केयर सिप विकास तालिम केन्द्र तथा जिवित फाउण्डेशनको संयुक्त आयोजनामा बनेपामा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको काभ्रे लेडी जेसीजका पूर्व अध्यक्ष रोजी मुनाकर्मीले उद्घाटन गर्नु भएको थियो ।
खुल्ला रक्तदान कार्यक्रममा रत्तदान गर्दाका फाईदा तथा रक्तदान गर्ने ब्यक्तिहरुको स्वास्थ्य अवस्थाका बारेमा प्रशिक्षणमुलक जानकारी गराईएको थियो । विशेषगरी महिलाहरुले रत्तदान गर्नु अघि ध्यान दिनु पर्ने विभिन्न विषयमा प्रशिक्षणमुलक कार्यक्रममा जानकारी गराईएको थियो । सोहि कार्यक्रम पछि आयोजना गरिएको कार्यक्रममा १८ जनाले रक्तदान गरेको काभ्रे लेडी जेसीजका पूर्व अध्यक्ष एवं कट्स एण्ड केयर सिप विकास तालिम केन्द्रकी संचालक सुनिता बादेले जानकारी दिनुभयो । बनेपा पार्टी भेन्युमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्ति तथा संस्थाहरुले सहयोग गरेका थिए । कार्यक्रममा काभ्रे लेडी जेसीजका अध्यक्ष बुद्धलक्ष्मी मानन्धर, पुर्व अध्यक्षहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।





