2026 May 20/ 07:12: 44am

पनौती/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४, टौखाल काभ्रेलाञ्चोकले कर्मचारीहरुका लागि एक दिने ऋण व्यवस्थापन तालिम आयोजना गरेको छ । 
    संस्थाको मुख्य कार्यालय सहित १४ ओटा सेवा केन्दमा कार्यरत ऋण सहायक तथा सेवा केन्द्र प्रमुखहरु समेत २८ जना कर्मचारी सहभागी रहेको तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले सहजिकरण गर्नु भएको थियो । तालिमको समापनमा संस्थाका अध्यक्ष प्रकाश बन्जाराले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका ज्ञान र सिप कार्य क्षेत्रमा प्रयोग गर्दा मात्र तालिमको सार्थकता हुने बताउनु भयो । २०५१ सालमा ४१ जना सदस्य र ३२ हजार ५ सय पूँजीबाट सुरु भएको सामुदायिक साकोस २०७९ फागुन मसान्तसम्म आईपुग्दा ५० हजार ३ सय ८३ जना सदस्य र ४ अर्ब ३३ करोड पूँजी पु¥याउन सफल भएको छ । सदस्यहरुलाई जन्म देखि मृत्यु सम्मका सेवा प्रदान गर्न काभ्रेपलाञ्चोक जिल्ला भित्र मुख्य कार्यालय सहित १२ वटा सेवाकेन्द्र र काठमाण्डौंमा २ वटा सेवा केन्द्र गरी जम्मा १५ ओटा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको संस्थाका ऋण अधिकृत भक्त बहादुर श्रेष्ठले बताउनु भयो ।