2026 May 20/ 07:13: 19am

अनियमितताको आरोप लगाएको भन्दै खेद ब्यक्त
    नमोबुद्ध/जनकल्याण मावी नमोबुद्ध २ बुच्चाकोट रहेको विद्यालयमा विद्यार्थीहको सख्या दिनानु दिन घटिरहेको अवस्थामा विद्यालयले फर्जि संख्या पेश गरी सुविधा प्राप्त गरिरहेको भन्दै नगरपालिकाल आयोजना गरेको सार्वजनिक सुनुवाईमा नागरिकले आवाज उठाए पछि विद्यालयले खेद ब्यक्त गर्ने निर्णय गरेको छ । 
    विद्यालय विरुद्ध फागुन १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यता विद्यालयले भने अनियमितता भयो भन्दै आवाज उठाउने स्थानीय अभिभावक दिपक अधिकारी विरुद्ध खेद ब्यक्त गर्दै सचेत गराउने निर्णय गरेको छ । 
अख्तियारमा परेको उजुरीमा के छ ? 
    जनकल्याण माध्यमिक विद्यालय नमोबुद्ध नगरपालिका वडा नम्वर २ बुच्चाकोटमा विद्यार्थी संख्या भन्दा धेरै बनाएर विद्यार्थीहरुलाई प्राप्त हुने अनुदान तथा अन्य सहयोग रकम दुरुपयोग गरेको अभिभावकहरुको गुनासो छ  । उक्त विद्यालयमा इसिडी देखि कक्षा १० सम्म १ सय २८ जना विद्यार्थी भर्ना भएकोमा नगरपालिकाको शिक्षा शाखाले पटक पटक गरेको अनुगमन प्रतिवेदनमा समेत विद्यालयमा नियमित उपस्थित हुने र अध्ययन गर्न आउने विवरणमा ७५ जना मात्रै छन् । जस मध्ये इसिडीमा ३६ जना छन् । नगरपालिकाले भर्ने इमआईएस भरेर बुझाउँदा ३७ जना विद्यार्थीको हाजिरी नक्कली गरेको छ । चालु आर्थिक वर्षको खाजा रकम भुक्तानी गर्दा नगरपालिकाले ५४ जनाको नियमित उपस्थितीका आधारमा पठाउनु पर्नेमा ९२ जनाको पठाएर एउटा चौमासिकको भुक्तानीमा मात्रै ६४ हजार ८ सय खाजाको रकम दुरुपयोग गरेको अभिभावकको भनाई छ । ८० दिनको खाजाको भुक्तानीको रकममा १ लाख १० हजार ४ सय भुक्तानी भएको छ । जबकी विद्यार्थी संख्याका आधारमा ४५ हजार ६ सय रुपैया मात्रै भुक्तानी हुनु पर्ने हो । नमोबुद्ध नगरपालिकामा यस्ता विद्यालय धेरै छन् । अहिले ३ वटा विद्यालयले नक्कली विद्यार्थी खडा गरेर खाजाको रकम लिएका छन् । 
    विष्णुदेवी बालविकास केन्द्र, कालिका प्रावी गैराफाँट र ठुलिटार बालविकास केन्द्रमा पनि विद्यार्थी फर्जि देखाईएको छ । नगरपालिकाले एकमुण्ट विद्यार्थीका लागि नगर भित्र ३ हजार १ सय २३ विद्यार्थीका लागि ३७ लाख ४७ हजार ६ सय भुक्तानी गरेको देखिन्छ । २३ लाख २६ हजार मसलन्दमा भुक्तानी गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर सापकोटा, वडा अध्यक्ष कविराज श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्साल, शिक्षा शाखा प्रमुख बुद्धी अर्याल लगायतको संलग्नतामा प्रधानाध्यापक लक्ष्मी अधिकारीको मिलेमत्तामो नक्कली विद्यार्थी खडा गरी विद्यार्थीहरुका नाममा प्राप्त हुने खाजा रकम, मसलन्द तथा पाठ्यपुस्तकको रकम समेत अनियमित भएको अभिभावकहरुको निश्कर्ष छ । विद्यार्थीहरुका लागि आउने एक वर्षको खाजा बापतको रकम एक चौमासिकमा एउटा विद्यालयमा ६४ हजार अनियमित हुन्छ भने अन्य विद्यालय र विद्यार्थीहरुको नाममा कति अनियमित भएको होला ?? खाजाको गुणस्तर, मापदण्ड सम्वन्धी अनुगमन पनि भएको छैन । मसलन्द, दिवा खाजा, विद्यालय सुधार योजना, सामाजिक परिक्षण, इन्टरनेट जडान, एमजीएमल, प्राविधिक विद्यालयहरुका लागि ल्याव तथा ल्यावका सामाग्री खरिदमा अनियमित भएको निश्कर्ष छ । शिक्षक दरवन्दी अनुसार उपलब्ध नगराउने र काजमा तथा राहतमा राखेर थप अनियमित भएको छ । दरवन्दी विवरण अनुसार शिक्षक सेवा आयोगले पठाउने भए पनि नगरपालिकाले शिक्षक विवरण समेत मागेको छैन । यस्ता विविध माध्यमबाट नमोबुद्ध नगरपालिकामा शिक्षाका नाममा भएको अनियमितता रोक्न हामी सचेत अभिभावक अनुरोध गर्दछौं । अन्य विद्यालयहरुमा पनि यस्तो अनियमितता भएको जानकारी भएकाले समग्र विद्यालयहरुको छानविन गरी कारवाही गरि पाउँ । 
के भन्छ विद्यालय ? 
    २०७९ माघ १७ गते विद्यालय ब्यववस्थापन समितिको बैठक अध्यक्ष इन्द्रबहादुर सापकोटाको अध्यक्षतामा बसेको थियो । अहिले अध्यक्ष परिवर्तन भईसकेका छन् । उक्त बैठकमा वडा अध्यक्ष कविराज श्रेष्ठ अनुपस्थित छन् । बैठकले विद्यालय विरुद्ध फैलाईएको नकरात्मकता, दरवन्दी माग, भेला बोलाउने, धन्यवाद ज्ञापन र विविध विषयको प्रस्ताव अन्र्तगत प्रस्ताव नम्बर १ अन्र्तगत दिवा खाजामा भ्रष्टचाचारको आरोप सम्वन्धमा गलत भएको निश्कर्ष निकालेको थियो । त्यसमा तथ्य नभएको भन्दै गलत आरोप लगाउने दिपक अधिकारी विरुद्ध खेद ब्यक्त गर्ने, कारवाहीका लागि सिफारिस गर्ने, सचेत गराउने, विद्यालयमा विना अनुमति प्रवेश गर्न नदिने जस्ता निर्णय गरेको छ । 
    सामुदायिक विद्यालय प्रति दिनानुदिन घटिरहेको विश्वासलाई बढाउँदै अभिभावकहरुको मन जित्नु पर्नेमा विद्यालय र अभिभावकहरु बीचको द्वन्द्व बढिरहँदा विद्यालयमा हुने शैक्षिक गतिविधिमा हसय आउन सक्ने भएकाले सचेत र समन्वयका लागि स्थानीयहरुले अनुरोध गरेका छन् । प्रधानाध्यापक लक्ष्मी अधिकारीले कहिलेकाँहि विद्यार्थी घटवढ हुने भए पनि नियमित आउने विद्यार्थीहरुको तथ्यांक सहि भएको बताउनु भयो । दिपक अधिकारीले उठाउनु भएको विषयका बारेमा प्रश्ट बनाएको बताउँदै अधिकारीले विद्यालयमा कुनै अनियमितता नभएको जानकारी दिनु भयो ।