2026 May 20/ 08:05: 06am

– विजेता बने दिपेश
    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरी सदरमुकाम धुलिखेलमा अन्र्तराष्ट्रिय स्तरको साहसिक तथा पर्यटकिय खेल डट बाईक रेसिङ क्रसमाण्डु च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ । चैत्र २ र ३ गते छनौट भएका खेलाडीहरुको अन्तिम प्रतिस्पर्धा चैत्र ४ गते शनिबार धुलिखेलमा सम्पन्न भएको हो । 
    ‘नेपालकै हालसम्मको सबैभन्दा ठुलो रेसिङ प्रतियोगिता धुलिखेलमा हामीले आयोजना ग¥यौं’–आयोजक डट टेम्पल प्रालिका अध्यक्ष इजव बरुणले भन्नुभयो–‘अन्र्तराष्ट्रिय मापदण्डको ट्रयाक मोटो क्रस तयार गरी यो प्रतियोगिता आयोजना गरिएको हो ।’ नासाको समन्वयमा आयोजना भएको उक्त प्रतियोगितामा देशका विभिन्न स्थानबाट १७ जना प्रतिस्पर्धीहरु सहभागि भएको थियो । १७ जना मध्ये १२ प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धामा सहभागि भएका थिए । सहभागि भएका मध्ये तीन समुहमा विभाजन गरिएका मध्ये भिम होना, राजकुमार कार्की, रिजोन खड्गी, रोनिश कार्की पहिलो समुहका हुन् । दोश्रो समुहमा आशुतोष धुँजु, दिपेश क्षेत्री, रामविक्रम थापा र मनिष गुरुङ दोश्रो समुहमा थिए । एलिस बस्नेत, श्रेयस पौड्याल, संगम श्रेष्ठ र प्रशान्त जंग कार्की तेश्रो समुहमा थिए । प्रतिस्पर्धामा सहभागि भएका मध्ये पहिलो समुहका भिम होना र राजकुमार कार्की क्रमशः दोश्रो र तेश्रो भए । दोश्रो समुहका दिपेश क्षेत्री प्रथम भए । आयोजक डट डेम्पल प्रालीका तर्फबाट प्रथम हुने क्षेत्रीलाई नगद १ लाख १० हजार, दोश्रो हुने भिम होनालाई ७५ हजार र तेश्रो हुने राजकुमार कार्कीलाई नगद ५० हजार पुरस्कार प्रदान गरिएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नेपाली युवाहरु अन्र्तराष्ट्रिय स्तरमा चिनाउन धुलिखेलमा आयोजना गरिएको साहसिक खेलको प्रर्वद्धन तथा विकासका लागि नगरपालिकाको
तर्फबाट सहयोग गर्ने बताउनु भयो । 
    नासाका अध्यक्ष दशरथ रिसालले नासाको बार्षिक क्यालेण्डर भित्र रहेको डट बाईक रेसिङ प्रतियोगिताले नेपाली युवाहरु साहसिक खेलमा अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छन भन्ने पुष्टि गरेको बताउनु भयो । आयोजक डट टेम्पल प्रालिका अध्यक्ष इजव बरुणले डट बाईक रेसिङ महङ्गो र जोखिम भए पनि सुन्दर भएको बताउनु भयो । पछिल्लो समय युवाहरुको क्रेज बनिरहेको रेसिङको महत्वपूर्ण कार्यक्रम सम्पन्न गर्न पाएकोमा नासा र अन्य संघ संस्था तथा सहयोगीहरुलाई बरुणले धन्यवाद दिनु भएको थियो । ८३० मिटरको लम्बाई रहेको मोटो क्रस खुल्ला माटोमा २० ल्याब्स घुमाएर युवाहरुले साहसिक प्रतियोगितामा सहभागि जनाउँदा सर्वसाधारणले हुटिङ गरेका थिए । नासाको रेसिङ लाईसेन्स प्राप्त ब्यक्तिहरु मात्रै उक्त प्रतिस्पर्धामा सहभागि हुन पाउनेछन् । दुई पाग्रें बाईक सँगको खेललाई मनोरञ्जनका रुपमा लिदै अन्तराष्ट्रिय स्तरमा पु¥याउन साहसिक खेलमा सहभागि युवाहरुलाई अवसर र ब्यवसायीकताका लागि सरकारले सहयोग गर्नु पर्ने नासाका सचिव निरोज खड्काले बताउनु भयो । धुलिखेलमा रहेको नीजि क्षेत्रका ब्यक्तिहरुको ३८ रोपनी जमिन १० वर्षका लागि भाडामा लिदै विभिन्न प्रतियोगिता आयोजना गरिदै आएको खड्काले बताउनु भयो । क्रसमाण्डु अफरोडमा आयोजना गरिन्छ भने रेसमाण्डु पिच भएको स्थानमा हुनेछ । 
    विदेशमा सिकेको सिप र अध्ययनलाई नेपाल तथा आफ्नै जन्मस्थानमा केहि गर्ने उदेश्यले आयोजक डट टेम्पल प्रालिका अध्यक्ष इजव बरुणले आगामी दिनमा फरक फरक खालका प्रतियोगिता आयोजना गरिने बताउनु भयो ।