2026 May 20/ 06:52: 05am

नाला/सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा तथा शिर इमेजिङ एण्ड डाइगनोस्टिक सेन्टर प्रालिको प्राविधिक सहयोगमा चण्डेश्वरी मावि नालामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको  छ । 
    शिविरमा बनेपा नगरपालिका वडा नम्बर १ देखी ४ सम्मका १ सय ४३ जनाले स्वास्थ्य परीक्षण गराएका थिए  । स्वास्थ्य शिविरमा चिकित्सक मेडिसिन विशेषज्ञ दन्त विशेषज्ञ र फिजिसियनहरुद्वारा स्वास्थ्य जाँच तथा परामर्शका साथै निशुल्क औषधि समेत वितरण गरिएको प्रबन्धक राजन कोङ्गाले बताउनु भयो । शिविरमा परिक्षण गर्दा थप उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई शिर इमेजीङ एण्ड डाइगनोस्टिक सेन्टरमा परीक्षणमा २० प्रतिशत र औषधिमा १२ प्रतिशत छुट दिने व्यवस्था समेत मिलाइएको थियो । संस्थाका अध्यक्ष रेशम नेपालीले संसथाको सामाजिक उत्तर दायित्व अन्र्तगत उक्त शिविरको आयोजना गरिएको बताउनु भयो । संस्थाले रक्तदान, सदस्य राहत कोष, मिनिमार्ट, कृषिमा लगानी लगायतका थुप्रै कार्य गर्दे आएको बताउनु भयो ।