बनेपा/कम्युनिटी वेलनेस सेन्टर, बनेपा डाईग्नोस्टिक ल्याब तथा सुप्रिम डेन्टल केयर बनेपाको संयुक्त आयोजनामा बनेपा नगरपालिका वडा नम्वर १ स्थित महाकाल आधारभुत विद्यालयमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
कम्युनिटी वेलनेस सेन्टर बनेपाका मेडिकल अधिकृत डा. सुमित प्रजापतिका अनुसार शिविरमा सामान्य स्वास्थ्य परिक्षणका अलावा दाँतको परिक्षण गरिएको थियो । ब्यक्तिहरुमा दाँतको हेरचाह कम हुँदा त्यसबाट उत्पन्न हुने विभिन्न रोगहरुको समयमै नियन्त्रण तथा ब्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत गराउने उदेश्यले शिविर आयोजना गरिएको डा. प्रजापतिले बताउनु भयो । शिविरमा १ सय ४९ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा परिक्षण गरिएका मध्ये १५ जनामा उच्च रक्तचाप देखिएको छ । समयमै उपचार हुन सके रक्तचापको उपचार हुनेछ । शिविरमा देखिएका विरामीहरुलाई नियमित परिक्षण र औषधी सेवन तथा खानपानमा ध्यान दिन अनुरोध गरिएको डा. प्रजापतिले बताउनु भयो । त्यस्तै १६ जना ब्यक्तिमा अध्याधिक मधुमेह देखिएको छ । ९३ जनाले दाँतको परिक्षण गराएका छन् ।





