2026 May 20/ 05:57: 48am

बनेपा/आवर स्ट्याण्डर्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा खुल्ला रक्तदान गरेको छ । 
संस्थाको समुदायसँग आवर स्ट्याण्डर्ड कार्यक्रम अन्र्तगत रक्तदानको आयोजना गरिएको संस्थाका प्रवन्धक राजाराम घोरसाईनेले जानकारी दिनु भयो । संस्थाका अध्यक्ष रत्नकुश रञ्जीतकारले समुदायमा आधारित सहकारीले रगतको अभाव भइरहेकाले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो । बुधबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो । 
अध्यक्ष रञ्जितकारले रक्तदान जस्तो गरिमामय कार्यमा सहभागी भै रक्तदान गर्नुहुने शुभेच्छुक रक्तदाताहरुलाई धन्यबाद दिदै हरेक ३÷३ महिनामा पुरानो रगतको ठाउमा नयाँ रगत उत्पादन हुने र सो रगत तीन महिना पछि खेर जाने भएकोले सो रगत रगतको अभावमा जिबनको पर्खाइ गरेकाहरुलाइ रगत दिनु भनेको सबै भन्दा ठुलो धर्म हो त्यसैले रक्तदान प्रति सकारात्मक हुन समेत आग्रह गर्नु भएको थियो । संस्थाले सामाजिक कार्य अन्र्तगत स्वास्थ्य शिविर, जेष्ठ नागरिक सम्मान लगायतका कार्य गर्दै आएको प्रबन्धक घोरसाईनेले बताउनु भयो ।