2026 May 20/ 05:57: 26am

      श्रीखण्डपुर/सेन्टलम एल्बम एकेडेमीको १८ औं स्थापना दिवस नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डब हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।  
प्रमुख अतिथी हमालले संस्थागत विद्यालय र सामुदायीक विद्यालयलाई हेर्ने दृष्टिकोण परिबर्तन गर्नुपर्ने बताउनु भयो । राज्यले संस्थागत विद्यालयहरुलाई सधै अर्कै दृष्टिकोणले हेर्ने भएकाले राज्यले गर्नुपर्ने काम संस्थागत विद्यालयले गर्दै आएको हमालले बताउनु भयो । राज्यको ठुलो लगानी भएको सामुदायिक शिक्षाको गुणस्तर र संस्थागत विद्यालयको शैक्षिक स्तर धेरै फरक भएको हमालले बताउनु भयो । शिक्षामा अझै सुधार गर्न बाँकी रहेकाले प्रविधियुक्त शिक्षामा जोड दिई विद्यार्थीहरुलाई बाहिर अध्ययन जानबाट रोक्न राज्यले ध्यान दिनुपर्ने र निजी लगानीका शैक्षिक संस्थाहरुलाई राज्यले संरक्षण गर्नु पर्ने प्रमुख अतिथी हमालले बताउनु भयो । कार्यक्रममा विद्यालयको बार्षिक प्रतिबेदन प्रिन्सिपल अग्नी ज्ञावालीले प्रस्तुत गर्नु भएको थियो । ज्ञावालीले विद्यालयले आगामी शैक्षिक सत्र बाट ११ कक्षा शुरु गर्ने, साना कक्षाहरुलाई मन्टेश्वरी बेसमा संचालन गर्ने, उत्कृष्ट, र जेहेन्दार विद्यार्थिहरुई छात्राबृत्ति प्रदान गरेका, ब्यबहारिक शिक्षालाई बढी जोड दिएको ज्ञवालीले बताउनु भयो । कार्यक्रममा नेशनल प्याब्सनका कोषाध्यक्ष प्रताप थापा, सह–कोषाध्यक्ष विक्रम धुकुछु पनौती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विनोद खत्री, नेपाल पत्रकार महासघंका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न सहयोगी संघ संस्था तथा ब्यक्तिलाई सम्मान, एसईई २०७४ देखी २०७८ सम्मलाई विदाई, उत्कृष्ट विद्यार्थी र अभिभावकलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य विद्यालय ब्यवस्थापन समितिका सचिव ईश्वर महाजुले राख्नु भएको थियो भने सभापतित्व अध्यक्ष अमन पोटेले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन शिक्षिका रोविना कर्माचार्यले गर्नु भएको थियो ।