2026 May 20/ 06:52: 05am

    बनेपा/बेलर इन्टरनेशनल एकेडेमी बनेपाले दोश्रो चरणको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भोला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम प्रमुख अतिथी हुनुहुन्थ्यो । 
    ‘शिक्षाको विकास विना समाजको चेतना स्तर बृद्धी हुन सक्दैन’–समन्वय समिति प्रमुख दिपकुमार गौतमले भन्नुभयो–‘गुणस्तरीय शिक्षामा बेलर इन्टरनेशनल एकेडेमीले थप योगदान पु¥याएको छ ।’ अध्यक्ष भोला थापाले विद्यालयले ब्यवहारीक र गुणस्तरीय शिक्षासँगै जीवनपयोगी शिक्षाका लागि अतिरिक्त कृयाकलापसँग जोडिएर विद्यार्थीहरुको प्रतिभालाई समेत प्राथमिकता दिएको बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लालाई शैक्षिक हवका रुपमा विकास गर्ने उदेश्यले शुरु भएको बेलर एकेडेमीले नागरिकहरुलाई शिक्षासँगै जीवनपयोगी ज्ञान प्रदान गरिरहेको अध्यक्ष थापाले बताउनु भयो । विद्यालयकी प्रिन्सिपल इन्दु थापाले बालबालिकाहरुको उज्ज्वल भविश्यका लागि बेलर एकेडेमीले काठमाडौ विश्वविद्यालय लगायतका विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा शिक्षा प्रदान गर्न विधि, सिप सँगै सहकार्य र समन्वय गरिरहेको बताउनु भयो । कार्यक्रममा अभिभावक इश्वरी ओझा, विद्यालयका प्रवन्ध निर्देशक पवनकुमार थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले बेलर एकेडेमीले जिल्लाका साथै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सक्ने गरी शिक्षा प्रदान गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा अझै गुणस्तरीय र जीवनपयोगी शिक्षा प्रदान गर्न अनुरोध गरेका थिए । 
    कार्यक्रममा विद्यालयमा ५ वर्ष सेवा अवधी पुरा गरी उत्कृष्ट कार्य गरेका शिक्षकहरु सरिता कार्मी, देवकी काफ्ले, अन्जु सेढाईलाई नगद सहित सम्मान गरिएको थियो भने अनिषा बैद्य र ईसु श्रेष्ठलाई आईएसए प्रमाणपत्र प्रदान गरिएको थियो । कर्मचारीहरु देवि प्रधान, जानुका प्रधान र विनिता प्रधानलाई पनि नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृति कार्यक्रम मार्फत प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयले पहिलो चरणमा कक्षा ५ देखि १० सम्म र दोश्रो चरणमा कक्षा १ देखि ४ सम्मको अभिभावक दिवस आयोजना गरेको हो । प्लेग्रुप तथा मन्टेश्वरी र कक्षा ११ देखि क्याम्पस तहको अभिभावक दिवस तेश्रो र चौथो चरणमा आयोजना गर्ने अध्यक्ष भोला थापाले जानकारी दिनुभयो । उक्त विद्यालयमा करिव ३ हजार विद्यार्थी अध्ययनरत छन् ।