2026 May 20/ 05:57: 48am

    कुशादेवी/आदित्य मोक्षधाम दारिम्बोट, कुशादेवी, काभ्रेपलाञ्चोकमा २०७९ फागुन १८ गते विहिबार देखि शुरु भएको तीन दिने महायज्ञ महाअनुष्ठान फागुन २० गते शनिबार सम्पन्न भएको छ । 
    तीन सम्म आयोजना भएको महायज्ञ महाअनुष्ठान कार्यक्रममा १०८ कुण्डीय तान्त्रिक एवं मान्त्रिक हवन (जसलाई अग्नि एवं जलकुण्ड भनिन्छ), देवी भागवत सहित सात पुराण एवं दुर्गा सप्तशती चण्डी पाठ, चार बेद पाड पारायण(चार दिशामा), दिब्य शिवलिंग एवं हिमालय प्रतिस्थापन, पृथ्वी यन्त्र, नवरत्न नागमणी, महाकालि स्थापना, ओमकार यन्त्र प्रतिस्थापन, चित्ता अग्नि साधना र १००८ शिवलिंग प्रतिष्ठा एवं विधिवत अनुष्ठान गरिएको थियो । आदित्य गुरु स्वंयको उपस्थितीमा भएको कार्यक्रम गुरुदेव आदि चन्द्र योगिले १८ पृथक तर विशिष्ट किसिमका यज्ञ अनुष्ठान सम्पन्न पछिको छैटौ श्रृंखलाको प्रयोग हो । ओम आदि फाउण्डेशनको आयोजनामा भईरहेको महायज्ञ महाअनुष्ठानमा २७ देशको जल र माटो ल्याईएको छ । महाअनुष्ठान इतिहासकै अनौठो र विलक्षण प्रयोग भएको फाउण्डेशनका सदस्य सचिव क्याप्टेन रामेश्वर थापाले जानकारी दिनु भयो । 
    विश्वकल्याण एवं संकट निवारणको उदेश्यका साथ आयोजित महाअनुष्ठानमा नेपालका विशिष्ट ब्यक्तिहरुको सहभागिता रहनेछ । ‘अरु समुन्द्रमा महल बनाउँछन्, हामी पनौतीमा स्वर्ग बनाउँछौं’–आदित्य मोक्षधामका परिकल्पनाकार आदि चन्द्र योगिले लेख्नु भएको छ –‘ऋषिभूमि र यज्ञभूमि नेपाललाई विश्वभरी चिनाउने अलौकिक गन्तब्य बनाउने संकल्पनाका साथ आदित्य मोक्षधाम निर्माण गरिएको हो ।’ मोछधाममा एकसय अधिक स्मारकहरु निर्माण गरिने योजना बनाईएको छ । प्रत्येक स्मारक एवं मन्दिर अनौठो र विलक्षण हुनेछन् । सबै स्मारक र मन्दिरका आर्किटेक्चर स्वयम गुरुदेव आदित्य हुनुहन्छ । निर्माण हुने प्रत्येक संरचना कलात्मक र दिब्यताले भरिपूर्ण हुनेछ । सोहि गुरुयोजना अनुसार निर्माण कार्य आरम्भ भएको छ । मोक्षधामलाई भविश्यमा एक धार्मिक गन्तब्य मात्र नभएर योग, ध्यान, साधना, संस्कार र संस्कृतिका विशाल ज्ञानकेन्द्र बनाउने परिकल्पना तयार गरिएको छ । 
    मोक्षधाम अन्र्तगत विशेष उर्जाकेन्द्रको रुप्मा चक्र, मन्दिर, महाभैरव, आदियुग द्धार, नवग्रह, सप्तर्षि इत्यादी रहनेछन् । मानव इतिहासमा धेरै धामहरु निर्मित भए पनि आदित्य मोक्षधाम आधुनिक विज्ञान र सनातन अध्यात्म चिन्तनधारको युग सुहाउँदो संगम केन्द्र हुने फाउण्डेशनका सदस्य सचिव रामेश्वर थापाले बताउनु भयो । विहिबार पहिलो दिन विहान ७.३० बजे नित्य पुजा शुरु भएको थियो । ९.५० बजे विशेष पुजा सम्पन्न गरी दिउसो १२ बजे हवन शुरु शुरु भएको अध्यक्ष डा. उपेन्द्र महत्तोले जानकारी दिनु भयो । शनिबार विविध कार्यक्रमका साथ महायज्ञ महाअनुष्ठान सम्पन्न भएको छ ।