भकुण्डे/बनेपाबाट रोशी गाउँपालिका स्थित खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्वरको बसले विहिबार दिउँसो नमोबुद्ध नगरपालिका वडा नम्वर ७ निवासी कृष्णबहादुर अधिकारीको ८ बर्षिया छोरी दिविसा अधिकारीलाई ठक्कर दिएको छ ।
बाटो काटिरहेकी अधिकारीलाई बसले ठक्कर दिँदा घटनास्थलमै उनको निधन भएको प्रहरीले जानकारी दिएको छ । बसको ठक्करले बालिकाको निधन भए लगत्तै आक्रोशित स्थानीयहरुको भिडले यात्रुहरु निकालेर बसमा आगजनी गरेका थिए । राति अबेर बालिकाको शव उठेको थियो । फरार चालक प्रहरीको सम्पर्कमा आएका छन् ।





