2026 May 20/ 05:44: 22am

    कुशादेवी/विश्व क्यान्सर दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी कुशादेवी उप शाखाको आयोजनामा एक दिन क्यान्सर रोग सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 
    उप शाखा सभापति टंकप्रसाद हुमागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुशादेवी उच्च माविका विद्यार्थीहरुलाई क्यान्सर रोग सम्वन्धि अभिमुखिकरण गरिएको थियो । अभिमुखीकरण कार्यक्रमको सहजिकरण क्यान्सर रोग विशेषज्ञमा कृष्ण श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा ७० जना भन्दा धेरै विद्यार्थीहरु सहभागि थिए ।