2026 August 20/ 04:16: 41pm

    बनेपा/समाजसेजी, शिक्षासेवी तथा मुटु जोगाउने अभियानका अभियान्ता बनेपा निवासी विमललाल सिकु श्रेष्ठको श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । 
    नेपाल ह्दयरोग प्रतिष्ठान काभ्रेका अध्यक्ष समेत रहेका सिकु मुटु जोगाउ अभियानमा निरन्तर सक्रिय थिए । कार्यवाहक अध्यक्ष एवं प्रतिष्ठानका जिल्ला उपाध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा बोल्ने अधिकांश ब्यक्तिहरुले विमललाल सिकुले समाजमा पु¥याएको योगदानको चर्चा गरेका थिए । २०३१ साल देखि शिक्षण पेशामा संलग्न बिमललाल सिकु श्रेष्ठ २०४६ देखि २०६६ सम्म आजाद माध्यमिक विद्यालयमा कार्यरत थिए । कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय महासचिव डा. प्रकाशराज रेग्मिले मुटु जोगाउन विमललाल सिकुले खेलेको भूमिकाको चर्चा गरेका थिए । ह्दयरोग प्रतिण्ठानका निर्वतमान अध्यक्ष हरिभक्त भोक्षिभोयाले विमललाल सिकुको जिवनीका बारेमा जानकारी गराएका थिए । पुर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे, नेपाली कांग्रेसका सभापति मधु आचार्य, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे, विमललाल सिकुको विद्यार्थीहरुको तर्फबाट कृष्णप्रसाद कायश्थ, संघ संस्थाहरुको तर्फबाट हरि मञ्जुश्री, पाँचखाल उपशाखाका संयोजक दामोदर अधिकारी लगायतले मन्तब्य राखेका थिए ।