2026 May 20/ 02:33: 03am

    रविगाउँ/रविगाउँ धुलिखेल २ घर भई बैदेशिक रोजगारका क्रममा कतार पुगेका युवा तिर्थबहादुर लामा विरामी भई उपचारका क्रममा अस्पतालमा भर्ना भएका छन् । कतारमा १० महिना विरामी भई उपचारका क्रममा उनलाई नेपाल ल्याईएको छ । 
    वडा अध्यक्ष अर्जुन न्यौपानेले तिर्थबहादुर लामाको नेपाल नेशनल हस्पिटलमा उपचार भईरहेको बताउनु भयो । ‘तिर्थको उपचारका लागि रकम अभाव भएको छ’–अध्यक्ष न्यौपानेले भन्नुभयो–‘उपचारमा सहयोग जुटाउन परिवारको तर्फबाट अनुरोध भएकाले सहयोग लागि पहल शुरु भएको छ ।’ १० महिना उपचार गराउँदा कतारमा उनले कमाएको पैसा सकिएको र नेपालमा पनि कठिन भएकाले सहयोगका लागि आफन्त अष्टमान तामाङले बताउनु भयो । तामाङले मोवाईल नम्वर ९८०८७३२६१९ मा सम्पर्क गर्नहुन अनुरोध गर्नु भएको छ ।