2026 August 18/ 05:01: 03am

    बनेपा/विरानटगर मोरङ्ग जन्मिई बनेपामा स्थायी बसोबास गरिरहेकी शारदा घिमीरे भैलले सरुलता मुक्तक संग्रह प्रकाशन गरेकी छिन् । 
    शारदा घिमीरे भैलले लेखेको मुक्तकलाई पुष्पराग साहित्य प्रतिष्ठान भत्तपुरले प्रकाशन गरेको हो । जुनकिरी साहित्य अभियानको सदस्य, पुष्पराग साहित्य प्रतिष्ठानको आजिवन सदस्य, हातेमालो साहित्य संगमको केन्द्रीय समिति सदस्य समेत रहेकी शारदा घिमीरेले साहित्यीक यात्राको पहिलो पाईलाको रुपमा २०४२ सालमा गरिव शिर्षकको गद्य कविता लेखेकी थिईन । २०४९ सालमा बनेपाका इन्द्रनारायण भैलसँग विवाह गरेकी थिईन् । विवाहपछि साहित्यीक यात्रा केहि सुस्ताएपछि शारदा घिमीरेले धेरै वर्ष पछि साहित्यीक यात्राहरुसँग जोडिन थालेकी थिईन् । 
    नेपालका विभिन्न पत्रपत्रिका तथा अन्र्तराष्ट्रिय स्तरमा समेत कविताहरु प्रकाशन भईसकेका शारदाका केहि रचनाहरु अझै प्रकाशन हुन बाँकी छन् । सरुलता मुक्तक प्रकाशनका लागि विभिन्न क्षेत्रबाट हौसला मिलेको बताएकी छिन् । परिवार, आफन्त र अग्रजहरुको सल्लाह र सहयोगले सरुलता प्रकाशन गर्न सम्भव भएको उनले बताईन् । सरुलताले मुक्तकमा प्रयोग गरिएका शब्दहरु, लेखिएका भावहरु र सिङ्गो मुत्तकले ब्यक्ति, समाज र राष्ट्रको चित्रण गरेको विश्लेषकहरुले बताएका छन् ।