मनास्लु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अजय हुमागाँईको सभापतित्वमा भएको कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ को सचिवको प्रतिवेदन भवानी भट्टराई, कोषाध्यक्षको प्रतिवेदन अनुप दुलाल तथा लेखा समितिको प्रतिवेदन सुदिप धितालले प्रस्तुत गर्नुभएको थियो ।
साकोसमा २ हजार ४ सय भन्दा बढी सेयर सदस्य रहेका छन् । २०७३ सालमा स्थापना भएको संस्थाले हालसम्म १० करोड ६७ लाख रुपैयाँ बचत संकलन गर्न सफल भएको छ । मनास्लु साकोसले सामाजिक उत्तरादायित्व अन्तर्गत सरसफाई, स्वास्थ्य शिविर लगायतका विभिन्न कार्य गर्दै आएको छ । बदलिँदो परिस्थितीलाई मध्यनजर गर्दै डिजिटल प्रविधिको प्रयोगमा जोड दिने संस्थाका अध्यक्ष हुमागाँईले बताउनुभएको छ । मनास्लु साकोसले साधारण सभाको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । भोमी अस्पतालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा १ सय भन्दा बढीले स्वास्थ्य जाँच गराएका मनास्लु साकोसका बजार अधिकृत विशाल तिमल्सिनाले जानकारी दिनुभयो ।





