नाला/सवा नेपालको साझा सेवा केन्द्रको भवनमा चामुण्डा देवि योग साधना केन्द्रलाई दैनिक योग साधना गर्नको योग सभाहल कक्षको पतंजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रोविन तौजलेले उद्घाटन गर्नु भएको छ ।
प्रमुख अतिथि तौजलेले उपलब्ध गराएको कक्षबाट सकारात्मक सन्देश प्रवाह हुने र सामाजिक परिवर्तनको लागि स्वस्थ समाज निमार्णमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा पतंजली योग समिति बाग्मती प्रदेशका सदस्य दमनकुमार श्रेष्ठ, पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठले मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व चामुण्डा योग साधना केन्द्रका संयोजक सहदेव श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन योग शिक्षिका निर्मला श्रेष्ठले गर्नुभएको थियो ।





