2026 May 20/ 02:08: 31am

पनौती/“जीवन परिवर्तनको अर्काे परिभाषा रुपान्तरण” भन्ने मूल नाराका साथ २०७८ सालमा स्थापना भएको रुपान्तरण साना किसान कृषि सहकारी संस्था लि. पनौती–८, मल्पीको प्रथम साधारण सभा गत विहीवार सम्पन्न गरेको छ । 
पनौती नगरपालिकाका उपप्रमुख गीता वञ्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाले उत्कृष्ट बाल बचत, असल ऋणी, उत्कृष्ट कारोबारकर्ता र जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । सभामा संस्था लि.का कोषाध्यक्ष रमेश विसंखीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख बञ्जाराले नगरपालिकाबाट संस्थालाई आवश्यक कृषि क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । त्यसैगरी संस्था लि.का अध्यक्ष कुमार मैनालीले आफ्नो शेयर सदस्यहरुको लागि आवश्यक पर्ने कृषि कार्यक्रमहरु ल्याउने बताउनु भयो । कृषकहरुको लागि खेतीपाती, पशुपालन, पशुपन्छी लगायत कृषि कार्यमा लाग्ने हरेकलाई सहुलियत दरमा आर्थिक लगानी गर्ने बताउनु भयो । 
त्यसैगरी निकट समयमै आफ्ना शेयर सदस्यहरुको कृषि तालिमका लागि इस्राएल र कोरिया सरकारसँग सम्झौता गर्ने अध्यक्ष मगरातीले बताउनुभयो । कार्यक्रममा पनौती वडा नं. ८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जारा लगायत संस्था लि.का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
संस्था लि.का अध्यक्ष कुमार मगरातीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम किशोर कार्कीले संचालन गर्नुभएको थियो ।