बनेपा/सेन्टलम एल्बम एकेडेमी श्रीखण्डपुरमा पहिलो पटक खाना महोत्सबको आयोजना गरेको छ ।
शैक्षिक सत्र २०७५मा प्रयोगात्मक विषय अनुसार कक्षा ८, ९ र १० का विद्यार्थीहरुले भाग लिएको उक्तप कार्यक्रममा पकौडा, म.म.पानिपुरी, स्यान्फुज, आलुचप र रसियन सलाद राखिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल अग्नी ज्ञावालीले विद्यार्थीहरुको सानो प्रयासलाई विद्यालयलले सहयो गरी हौसला प्रदान गरेको बताए । विद्यार्थीहरुलाई ब्यबहारिक शिक्षा आवश्यक रहेकाले प्रयोगात्मक शिक्षा मार्फत सिकाई गरिएको उनले बताए । यो बर्ष कक्षा ८, ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको भए पनि आगामी वर्ष देखि ५ कक्षा भन्दा माथिका विद्यार्थीहरुलाई सहभागि गराउने उनले बताए । एउटा नौलो विषय भएकाले थोरै विद्यार्थीहरुलाई सहभागिता गराईएको प्रिन्सिपल ज्ञवालीले बताए ।
विद्यालयले यस अघि विभिन्न कार्यक्रमहरुको आयोजना गरि विद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान दिदै आएको थियो । महोत्सबमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अमन पोटे, अभिभबक, विद्यार्थीहरु लगाएत ५ सय भन्दा धेरैले अवलोकन गरेका थिए ।









