2026 May 16/ 07:31: 18am

    बनेपा/काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिको २१ औ वार्षिक साधारण सभा नेफ्स्कुनका केन्द्रिय उपाध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौड्यालले आर्थिक विकासका लागी सहकारी कोशेढुगां सावित भएको बताए । सहकारी अभियानलाई सबै सहकारी मिलेर अगाडी बढाउनु पर्नेमा जोड दिदै उनले सहकारी ऐन सहकारी मैत्री बनाउनु पर्ने र सहकारीहरुको खबरदारी जारी रहने बताए । जिल्ला बचत सघंले जिल्लामा रहेका बचत सहकारीहरुको छाता सगंठन भएर सहकारीहरुको सुचना केन्द्र स्थापना गरी नेपालकै उत्कृष्ट बचत सघं रहेको उनले बताए । कार्यक्रममा संघको वार्षिक प्रतिबेदन सचिब उदयराम कायस्थले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष जितेन्द्र नर्कर्मीले पेश गरेका थिए । सघंमा आ.व २०७४÷०७५ मा २ सय २६ वटा सहकारी आबद्ध रहेको शेयर पुजीं २ करोड १८ लाख ९८ हजार, बचत ५४ करोड ५२ लाख ६५ हजार र  ऋणलगानी २८ करोड ८८ लाख ४३ हजार ६ यस २६ रहेको जानकारी गराईएको थियो । सघंको लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक जेन लामाले पेश गरेका थिए । 
    कार्यक्रममा नेफ्स्कुनका सञ्चालक उद्धब सापकोटा, जिल्ला सहकारी सघं लिका अध्यक्ष बिनोद पराजुली काभ्रेपलाञ्चोक जिल्ला बहुद्देश्यीय सघंका उपाध्यक्ष कृष्णभक्त थापा, जिल्ला सहकारी सघं लिका पुर्व अध्यक्ष माधबनाराण जोशी, नेपाल पत्रकार महासघं काभ्रेका उपाध्यक्ष रमेश न्यौपाने लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य प्रथम उपाध्यक्ष ईन्द्र प्रसाद अधिकारीले राखेका थिए भने कार्यक्रमको सभापतित्व सघंका अध्यक्ष रामहरी केसीले गरेका थिए ।