बनेपा/बनेपामा रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्थाको १९ औ बार्षिक साधारण सभा पुर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अध्यक्ष पुरुषोतम देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै पुर्व गर्भनर क्षेत्रीले मुलुकको आर्थिक सम्वृद्धीका लागि सहकारी अभियान मुख्य रहेको बताए । सहकारीहरुले पुँजी संकलन र परिचालनमा कुशलता प्रदान गरेकाले सहकारी मार्फत मुलुकको सम्वृद्धी हुने उनले बताए । कार्यक्रममा नेपाल प्रहरीमा रहि कार्य गरेका जिल्लाबासी रमेश खरेललाई सम्मान गरिएको थियो । सोहि कार्यक्रममा संस्थापक अध्यक्षहरु कृष्णप्रसाद दुलाल, पुर्व अध्यक्ष शिव विक्रम शाह, मोहनप्रसाद पाण्डे, बनेपा नगरपालिका वडा नम्वर ७ का अध्यक्ष वर्ण शाक्य, नेपाल पर्यटन केन्द्रिय सहकारीका उपाध्यक्ष मुकुन्द प्रसाद दाहाल लगायतले मन्तब्य राखेका थिए । सभाको बन्द सत्रले आगामी चार वर्षका लागि मुकुन्दप्रसाद दाहालको अध्यक्षतामा ९ सदस्यिय संचालक समिति र तीन सदस्यिय लेखा समिति निर्वाचित गरेको छ । संचालक समितिमा सुर्य मानन्धर, इश्वरीप्रसाद पौड्याल, खिलप्रसाद घिमिरे, गोविन्दप्रसाद सत्याल, रामबहादुर तिमल्सिना, विजयमान स्याङ्गतान, सुजाता थापा खड्का र रसिला सिग्देल तिमल्सिना रहेका छन् । संचालक समितिले पछि पदहरुको जिम्मेवारी गर्नेछ । लेखा समितिमा संयोजक मुक्तिनाथ तौजले र सदस्यहरुमा रविन्द्र हुमागाई, सुमनकुमार बजगाई रहेका छन् । सभाले जेष्ठ नागरिक सदस्यलाई कम्बल सहित नगदद्वारा सम्मान गरेको थियो भने सदस्यका छोराछोरीहरु मध्ये एसईईमा उत्कृष्ट ल्याउनेहरुलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारी सम्मानित गरिएको थियो । सभामा सचिव राजकुमार हुमागाईले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष पम्फा थपलिया सत्यालले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गायत्रीरमण घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको शेयर पुँजी ४ करोड १ लाख ३६ हजार रहेको छ भने बचत संकलन ७२ करोड ९५ लाख ९३ हजार रहेको छ । ऋण लगानी ७२ करोड ७७ लाख ५१ हजार रहेको छ । ५२ लाख ६५ हजार खुद मुनाफा गरेको उक्त सहकारीले ८४ करोड १७ लाख २६ हजारको कारोबार गरेको छ । सहकारीले विभिन्न शिर्षकमा गरी ७० लाख ३९ हजार ९ सय ४६ रुपैया कर बुझाएको ब्यवस्थापक परशुराम कुँवरले बताए ।









