2026 May 20/ 12:57: 09am

पनौती/नेकपा एमाले पनौती वडा नम्वर ४ वडा कमिटीले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । अध्यक्ष दिपकप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रिय सदस्य रेशम लामाको प्रमुख आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा पुर्व मन्त्री चन्द्र लामा, संविधान सभा सदस्य रामहरी सुवेदी, एमाले पनौती नगर इन्चार्ज एवं नगर उपप्रमुख गिता बञ्जारा, एमाले नगर कमिटी अध्यक्ष सुरेश हुमागाई, वडा कमिटी इन्चार्ज नकुल श्रेष्ठ लगायतले आगामी मसिंर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउनु पर्ने बताउनु भयो । विजया दशमीको अवसर पारी विभिन्न स्थानमा शुभकामना आदान प्रदान गरेको छ ।