नयाँ नेतृत्वको पदस्थापन
धुलिखेल/नेपाल बार एशोसिएसन काभ्रेपलाञ्चोक जिल्ला बार एकाईको ४२ औ बार्षिक साधारण सभा सर्वाेच्च अदालतका श्रेस्तेदार महेन्द्रनाथ उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अदालतका काम कारवाहीलाई छिटोे र छरितो बनाउँदै न्याय लिन आएका नागरिकहरुलाई न्याय दिने अभियानमा सर्वाेच्च अदालत रहेको बताउँदै उनले यो वर्ष अदालतको फैसला कार्यान्वयन गर्ने अभियान रहेकाले अदालत प्रतिको विश्वास दिलाउन फैसला कार्यान्वयन हुनु पर्ने बताए । कार्यक्रममा नेपाल बार एसोसिएसनका केन्द्रिय अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्बहादुर कार्की, जिल्ला न्यायाधीश अर्जुनप्रसाद अधिकारी, बरिष्ठ अधिबक्ताहरु जीवना बादे, प्रचण्डराज प्रधान, मातृका प्रसाद निरौला, ठाकुरप्रसाद न्यौपाने, जिल्ला अदालतका श्रेस्तेदार ठाकुरचन्द्र त्रिताल, नेपाल पत्रकार महासघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, जिल्लाका पुर्व अध्यक्षहरुले बार र बेञ्चको सम्वन्ध र नागरिकहरुको गुनासा सम्बोधन गर्न खेल्नु पर्ने भूमिका बारेमा मन्तब्य राखेका थिए । जिल्ला अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव देवकुमार मोक्तानले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रामप्रसाद मानन्धरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष विजयभक्त श्रेष्ठ, पिपिएलएका अध्यक्ष कृष्णप्रसाद खनाल लगायतले साधारण सभामा शुभकामना मन्तब्य राखेका थिए । साधारण सभा लगत्तै यस अघि निर्विरोध निर्वाचित देवकुमार मोक्तानको टिमले पदस्थापन गरेको थियो । मोक्तानको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित भएको थियो ।
समितिमा उपाध्यक्ष विजयभत्त श्रेष्ठ, सचिव मधुसुदन वाग्ले, लालतारा अधिकारी र कोषाध्यक्ष रामप्रसाद मानन्धर रहेका छन् । सदस्यहरुमा दिनेशकाजी श्रेष्ठ, परमात्माराम पराजुली, कृष्णप्रसाद अधिकारी, हरिशरण बस्नेत, पुष्पराज थापा, निरोजप्रसाद नेपाल, प्रकाश बञ्जारा, कमलप्रसाद तिमल्सिना रहेका छन् । त्यस्तै ईश्वर शर्मा बञ्जारा, मुकुन्द मुनकर्मी, कुमार तिमल्सिना, शान्ता पन्त र बुद्धरत्न मानन्धर पार्षद निर्वाचित रहेका छन् । यस अघि नेकपा एमालेका तर्फबाट कृष्ण सापकोटा निर्वाचित भएका थिए । नेपाल बारमा बाम्पन्थीले नेतृत्व गरेको यो दोश्रो पटक हो ।









