2026 May 19/ 11:41: 06pm

युवा साकोसको नाफा १ करोड ७ लाख 
    बनेपा/युवा बचत तथा ऋण सहकारी संस्था लिको २६ औ वार्षिक उत्सब तथा २४ औ वार्षिक साधारण सभा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष उद्धब सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रमका प्रमुख अतिथी सापकोटाले काभ्रेमा विग मर्जर शुरुवात गरेकोमा शुभकामना दिनु भएको थियो । एक्सेस ब्राण्ड प्राप्त गर्न सफल पनौतीको सामुदायीक साकोस र युवा साकोसले मर्जरका लागी केहि दिन अगाडी मात्र सम्भौता गरेका थिए । काभ्रे मर्जरलाई प्राथमकिता दिदै सहकारीका सदस्यहरुको डुब्लिकेशन कम हुने, सदस्यहरुलाई सेवा सुविधामा थप लाभ प्रदान गर्नु पर्ने सापकोटाको भनाई रहेको थियो । कार्यक्रममा सामुदायीक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बन्जाराले संस्थाको हित र सदस्यहरुको सेवा सुविधाका लागी कुनै पद र नाममा लोभ नगरी विग मर्जरको सुरुवात गरेको बताउनु भयो । बन्जाराले आगामी असोज ८ गते सामुदायिकको साधारण सभा हुने र सोहि दिन दुवै संस्थाको एकिकरण साधारण सभा गरिने बन्जाराले बताउनु भयो । एकीकरण साधारण सभा पश्चात समिति उपसमिति कर्मचारीको ब्यबस्थापन गरिने बताउनु भयो । कार्यक्रममा चण्डेश्वरी साकोसका अध्यक्ष विकास बादे, मनकामना साकोसका अध्यक्ष बालकृष्ण दाहाल, मोडेल साकोसका अध्यक्ष कृष्ण प्रसाद तिमल्सिना, हिमाल तराई यातायात सेवा प्रा.लिका अध्यक्ष आत्माराम थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७८÷०७९ को आर्थिक प्रतिबेदन कोषाध्यक्ष रामशरण राउत वार्षिक प्रतिबेदन सचिब सरोज तिमल्सिनाले र लेखा तथा सुपरिवेक्षण समितिको प्रतिबेदन संयोजक विकास पन्तले राख्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं ५ करोड ४ लाख २२ हजार, सदस्यहरु ७ हजार ८ सय तिस, बचत तथा निक्षेप ३२ करोड ६१ लाख १८ हजार, ऋण लागनी ३३ करोड ४३ लाख ९४ हजार, खुद नाफा १ करोड ७ लाख ४७ हजार रहेको जनाएको छ । 
    कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष उदयराम कायस्थले सदस्यहरुको आर्थिक सामाजिक तथा साँस्कृतिक परिवर्तनका लागी सहकारीको ठूलो भुमिका रहेको बताउनु भयो । सहकारीको सिद्धान्त मुल्य मान्यता आचार र विधि र विधि भन्दा संस्था बाहिर जान नसक्ने कायस्थले बताउनु भयो । संस्था एशियाली ऋण महासंघ मार्फत गुणस्तर मापन गरिरहेको र एक्सेस ब्राण्ड प्राप्त गर्ने अन्तिम तयारीमा संस्था पुगेको बताउनु भयो । सहकारी मर्जरमा जानुपर्ने कारणका बारेमा बताउँदै कायस्थले समयको माग, आर्थिक ब्यबस्थापन, सदस्यता डुब्लिकेशन लगायतले संस्था मर्जरमा गएको बताउनु भयो । सहकारी अभियन्ताबाट नै सहकारीहरुलाई मर्जरमा लानुपर्ने र जिल्लामा अब सहकारीहरु मर्जरमा जान नसकेकोमा पछि समस्या आउन सक्ने कायस्थले बताउनु भयो । कार्यक्रममा उत्कृष्ट कर्मचारी, बाल बचतकर्ता, उत्कृष्ट ऋणी लगायतलाई सम्मान गरिएको थियो । 

शुलभ साकोसको १२ औं सभा सम्पन्न 
    बनेपा/शुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारण सभा संस्थाका सल्लाहकार भागवत श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी श्रेष्ठले अहिले बजारमा केहि सहकारीहरुमा समस्या आएको र केहिले खराब गरेको भए पनि शुलभ साकोसको आर्थिक पक्ष र तरलता ब्यबस्थापन राम्रो भएको बताउनु भयो । केहि सहकारीका नाममा सबै सहकारीहरुलाई एउटै डालोमा नहाल्न र सदस्यहरुलाई संस्थाका बारेमा बुझेर मात्र कारोबार गर्न आग्रह गर्नु भएको थियो । संस्थाका अध्यक्ष विक्रम भैलले शुलभ सहकारीले शुरुवाती देखी नै ईमान्दारीता, पारर्दशिता र सामुहिकताबाट सञ्चालित भएकाले जनसमुदायको सहभागिता अधिक रहेको बताउनु भयो । जिल्लाको एक अब्बल संस्थाका रुपमा शुलभ साकोसलाई स्थापित गराई बचत तथा ऋणको कारोबार मात्र नगरी परिस्कृत वित्तिय तथा गैर वित्तिय सुविधाद्वारा सदस्हरुको हरेक गतिविधिहरुमा रचनात्मक सहभागिता रहेको भैलले बताउनु भयो ।
    कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिबेदन सचिब होमप्रसाद तिमल्सिना, आर्थिक प्रतिबेदन कोषाध्यक्ष दमनकुमार श्रेष्ठ र लेखा तथा सुपरिवेक्षण समितीको प्रतिबेदन संयोजक आरती श्रेष्ठले सभामा राख्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं ४ करोड ९४ लाख, बचत संकलन ४६ करोड ६० लाख, ऋण लगानी ६५ करोड २० लाख ३४ हजार रहेको जनाएको छ । कार्यक्रममा संस्थाका विभिन्न विद्यामा उत्कृष्टलाई सम्मान गरीएको र सामाजिक उत्तरदायित्व अन्र्तगत सामाजिक कार्यहरु गर्दै आएको प्रबन्धक रमेश श्रेष्ठले जानकारी दिनुभयो । 

स्वर्णलक्ष्मी साकोसमा पुन कृष्णलाल 
    बनेपा/स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधारण सभाबाट पुनः कृष्णलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भएको छ । 
    जसको उपाध्यक्षमा विकास श्रेष्ठ, सचिव ईश्वरकुमार श्रेष्ठ, कोषाध्यक्ष भिमप्रसाद ढकाल, सदस्यहरुमा होमनाथ बजगाई, बाबुकाजी श्रेष्ठ, बिश्वलाल श्रेष्ठ, दिपेन्द्र बैदार, श्रीकृष्ण श्रेष्ठ, उषा पाठक र मिनु राजबाहक निर्वाचित हुनु भएको छ । त्यसैगरी लेखा तथा सुपरिबेक्षण समितिको संयोजक विकासकुमार श्रेष्ठ र सदस्यहरुमा सुमनकृष्ण कायस्थ, राजेन्द्र पोटे निर्वाचित हुनु भएको छ । संस्थाको १३ आंै सभाको अध्यक्षता अध्यक्ष कृष्णलाल श्रेष्ठले गर्नु भएको थियो । संस्थाको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक तथा आर्थिक प्रतिबेदन सचिब र कोषाध्यक्षले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थामा शेयर सदस्य २ हजार ५ सय ९० जना, कुल बचत १३ करोड २३ लाख, ऋण लगानी १३ करोड २१ लाख कुल नाफा ३५ लाख ९८ हजार रहेको जनाएको छ । 

एक्सप्रेस साकोसको चौधौै बार्षिक साधारणसभा सम्पन्न
    बनेपा/एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ बार्षिक साधारण सभा तथा बार्षिकोत्सव संस्थाका अध्यक्ष देवसागर लामाको सभापतित्वमा सम्पन्न गरेको छ । 
संस्थाका अध्यक्ष लामाले संस्थालाई सदस्य विस्तार र वित्तिय आकारमा ठुलो बनाउने भन्दा पनि गुणस्तरीय सदस्य सेवा र सुविधामा परिस्कृत गरि विश्वसनीय संस्थाको रुपमा दिगो कार्यक्रम सहित संस्थालाई गतिशिल बनाई स्थायित्व प्रदान गर्ने संस्थाको दीर्घकालीन सोच तथा दृष्टिकोण रहेको बताउनु भयो । संस्थालाई सहकारी नीति कानून र सहकारी ऐनलाई पालना गर्दै सदस्य सेवा र सुविधाको क्षेत्रमा उदारहणीय संस्थाको रुपमा अगाडी बढाउनेछौ ।
संस्थाको आर्थिक वर्ष २०७८/०७९ को कुल सम्पति २६ करोड ३२ लाख ६९ हजार शेयर पूँजी १ करोड ७१ लाख २८ हजार रहेको छ । संस्थाले खुद बचत (नाफा) रु.६४, लाख ७ हजार ४ सय चालिस गर्न सफल भएको छ भने संस्थाको आफ्नो स्वपुँजी कोष हिसाव आ.ब.को अन्यसम्ममा २ करोड ८७ लाख ८७ हजार कर्जा नोक्सानी ब्यबस्थामा जम्मा ऋण लगानीको ५% अर्थात १ करोड १७ लाख ५२ हजार  ब्यबस्था गरेको छ । संस्थाले आ.ब. २०७८÷७९ मा विभिन्न शिर्षकबाट राज्यकोषलाई १३,२९,५२०।९३ बराबरको कर वापत योगदान पु¥याएको छ । 
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले विद्यमान परिस्थितिमा संस्था र सदस्यले संयमता पूर्वक आफ्ना गतिविधीहरु सकारात्मक ढंगबाट संचालन गर्न सकेमामात्र संस्था र सदस्य दुवैको सामाजिक, साँस्कृतिक र वित्तिय जिवन सरल र सहज हुने बताउनु भयो । थापाले संयम्ता र सकारात्मक सोच आजको आवश्यकता हो भन्दै एक्सप्रेस साकोसले सदस्य सेवाको साथमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि सदस्यहरुको लागि संस्थाले स्थानीय स्त्तरमा सबल एंव सहज सहकारी संस्थाको रुपमा परिचय बनाएको वताउनु भयो ।  

सामुदायिक साकोस र युवा सकोस बीच एकिकरणको सम्झौता  
एकिकरण पछि कुल पूँजी रू ४ अर्ब २२ करोड हुने 

पनौती/पनौती नगरपालिका वडा नं. ४, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा ७, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण गर्ने सम्झौता भएको छ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुवै संस्थाका एकीकरण कार्यदलले दुबै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकार समेतको उपस्थितिका बीच एकीकरण सम्झौतामा हस्ताक्षर गरेका छन् । 
कार्यक्रममा संयुक्त एकीकरण कार्यदलका संयोजक एवं युवा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष उदयराम कायस्थले अब सानो र सुन्दर भनेर सहकारी संस्थाहरु सञ्चालन गर्न अबको परिस्थितिमा सहज छैन त्यसैले ठुलो र शशक्त भन्ने अवधारणालाई अंगिकार गर्नु जरुरी छ । त्यसैको नतिजा स्वरुप दुई संस्थाहरु एकीकरणको सम्झौता गरेको बताउनु भयो । सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बन्जाराले राज्यको कानून, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरश पालना गर्दै शेयर सदस्यहरुलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उद्देश्यले एकीकरणको आवश्यकता रहेको बताउनु भयो । २०५१ साल माघ १४ गते स्थापना भई ९ वटा सहकारी संस्था एकीकरण भई काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको ३८ हजार शेयर सदस्य र ३ अर्ब ७४ करोडको कुल पूँजी रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र २०५३ साल भाद्र १५ गते स्थापना भई ११ हजार शेयर सदस्य र ४५ करोडको कुल पूँजी रहेको युवा बचत तथा ऋण सहकारी संस्थाले एक आपसमा एकीकरण हुने सम्झौता गरेका हुन् । 
साधारण सभामा एकीकरणको प्रस्ताव पारित भएपश्चात दुबै संस्थाको एकीकृत कारोबार हुनेछ । एकीकृत संस्थाको शेयर सदस्य संख्या ४८ हजार र कुल पूँजी रू ४ अर्ब २२ करोड हुनेछ भने शेयर पूँजी रू ३८ करोड पुग्नेछ । लगानीमा रहेको ऋण रू ३ खर्ब ३३ करोड हुनेछ । बचत निक्षेप रू २ अर्ब ७० करोड हुनेछ । जगेडा कोष रू. ३० करोड हुनेछ र अन्य कोषहरु रू २१ करोड गरी जम्मा कोष रू ५१ करोडको हुनेछ । 

आभाषको १३ औं सभा 
बनेपा/आभाष साकोस बनेपाको १३ औ बार्षिक साधारण सभा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख शाक्यले बनेपा नगरलाई हरेक क्षेत्रबाट समृद्ध बनाउन सामाजिक संस्था र सहकारी संस्थाहरुको समन्वय र सहयोग आवश्यक रहेको बताउनु भयो । 
अध्यक्ष दिनेश कायश्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव प्रकाश कायश्थ, कोषाध्यक्ष धर्मभक्त प्रधान र लेखा समिति संयोजक विकास बैद्यले संस्थाका गतिविधिहरु प्रस्तुत गरेका थिए । ७१ करोड ६४ लाख १२ हजार ७ सय ३२ कारोवार गरेको संस्थामा ३ करोड ७० लाख शेयर पुँजी, ५८ करोड ५ लाख ३६ हजार बचत र ५६ करोड ५९ लाख ऋण लगानी गरेको छ । ७७ लाख ८९ हजार खुद मुनाफा गरेको संस्थाले विभिन्न सेवा मार्फत सदस्यहरुलाई सेवा प्रदान गरिहेको छ । अस्वस्थ प्रतिस्पर्धा, ब्याजमा फराकिलो अन्तरका कारण सहकारीहरुलाई थप संकट पर्न थालेको अध्यक्ष दिनेश कायश्थले बताउनु भयो । सहकारीले सदस्यहरुका लागि पर्याप्त सेवा दिने योजनाका साथ कार्य गरिरहेको प्रवन्धक सुबास बैद्यले बताउनु भयो । 
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुरकृष्ण बैद्य, पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना, संस्थाका उपाध्यक्ष ग्रुवेन तौजले लगायतले संस्थाले सहकारीका क्षेत्रमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । सभामा उत्कृष्टहरु रामेश्वर श्रेष्ठ, प्रेमप्यारी कायस्थ, सपना थापा, सुजन राजवाहक, मनिषा महत र बन्दना तिमल्सिनालाई सम्मान गरिएको थियो । 

ज्योति मिर्मिरे साकोसको ६ स्थानमा एकाई सभा मार्फत २३ औ वार्षिक साधारण सभा सम्पन्न 
पनौती/ज्योति मिर्मिरे सामूहिक साकोसको २३ औं वार्षिक साधारण सभा ६ वटा एकाईमा एकाई साधारण सभा गर्दै गत  शनिवारका सम्पन्न भएको छ । 
“दिगो र उत्कृष्ट वित्तिय सहकारी” को परिकल्पना गरी समुदायमा आधारित भएर संचालित ज्योति मिर्मिरे सामूहिक साकोस ०७९ आषाढ मसान्त सम्ममा आइपुग्दा पनौती, बनेपा, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकालाई कार्यक्षेत्र बनाई हाल १४ हजार ६० शेयर सदस्य तथा १ हजार १ सय ७० बाल बचतकर्ता सदस्यहरु मार्र्फत १ अर्ब १४ करोड पूँजी संकलन गरेको जानकारी दिईएको थियो । संस्थाको कोषाध्यक्ष पूर्णराम तुलाधरले आर्थिक प्रतिवेदन, संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाले सचिवको प्रतिवेदन मार्फत संस्थाको हालसम्मको प्रगति प्रतिवेदन, लेखा संयोजक भिमसेन के.सी.ले लेखा सुपरिवेक्षण प्रतिवेदन र ऋण उपसमिति संयोजक केशव बञ्जाराले ऋण लगानी तथा असूलि प्रतिवेदन मार्फत संस्थाको गतिविधीको जानकारी गराउनु भयो । सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढंगबाट संस्थाको कारोवार सञ्चालन भएको व्यहोरा प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।
गत भाद्र २५ गते बेथानचोक एकाई साधारण सभाबाट उद्घाटन भएको संस्थाको २३ औ वार्षिक साधारण सभा रोशी, बल्थली, मूख्य कार्यालय, बनेपा र कुशादेवीमा स्थानीय पालिकाका प्रमुख एवं वडा अध्यक्षहरुबाट उद्घाटन भएको समारोहमा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले नेपालको अर्थतन्त्रमा सहकारीले पु¥याएको योगदानको चर्चा गर्दै अबका दिनमा सहकारीको  ध्यान गरिबी निवारण तथा उत्पादनमा र सदस्यलाई आत्मनिर्भर सम्बृद्ध गर्ने विषयमा केन्द्रित हुनपर्नेमा जोड दिनु भयो । आत्मनिर्भरताका लागि सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरा उल्लेख गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी एवं वागमति प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खडकाले ज्योति मिर्मिरे सामूहिक साकोसले समूदायमा सदस्यको विश्वास जितेको भन्दै भविष्यमा समेत गुणस्तरीय सेवा प्रदान गरी अगाडी बढ्न सुझाव दिनु भएको थियो । संस्थाले विगत देखि नै समाजको आर्थिक सामाजिक र सांस्कृतिक पक्षको सकारात्मक परिवर्तनका लागि खेलेको भूमिको प्रशंसा गर्दै आगामि दिनमा अझै उर्जा शिल रुपमा काम गर्न आफनो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा  नगर उपप्रमुख गिता बञ्जारालगायत छिमेकी संस्थाका प्रतिनिधीले पनि संस्थाको सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको सञ्चालन तथा संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहकारीमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गर्ने गरि स्थापित जेएमएस सहकारी अवार्ड २०७८ बाट राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवि उप्रेती संस्थामा आबद्ध भएका सदस्यहरु मध्ये विशिष्ट स्थानमा पुग्न सफल सदस्यलाई प्रदान गर्ने गरी स्थापित विशिष्ट सदस्य अवार्ड २०७८ बाट संस्थाका सदस्य एवं काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछें, उत्कृष्ट कर्मचारीमा सुमित्रा तामाङ लगायत संस्थाका उत्कृष्ट ऋणी, बचतकर्ता, बालबचतकर्ता सहित ३९ जना महानुभावहरुलाई सम्मान समेत गरिएको थियो । साधारण सभामा सचिव पदको उप–निर्वाचनमा पनौती नपा ४ का बुद्धसिह थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

चण्डेश्वरी साकोसमा नविन बादेको नेतृत्व 
बनेपा/चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औ वार्षिक साधारण सभाबाट नविन बादेको नेतृत्वमा नयाँ कार्यसमितीको चयन भएको छ । 
समितिको उपाध्यक्षमा रमेश काजी श्रेष्ठ, सचिब बुद्धरत्न मानन्धर सह–सचिव रोशना राजवंशी कोषाध्यक्ष गणेश कुमार रंजित र सदस्यहरुमा पुर्ण पोटे, जितेन्द्र भक्त पोटे, रुकमणी राजभण्डारी, बद्रीनाथ बादे, सुरेन्द्र प्रजापति र मनोहरी पोटे निर्वाचित हुनुभएको छ । समितीको लेखा तथा सुपरिबेक्षण समितीको संयोजक राम प्रसाद श्रेष्ठ सदस्यमा विनय कृष्ण कायस्थ र जोत्सना सैंजु कायस्थ रहनु भएको छ । 
साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी कडेंलले विश्वव्यापी रुपमै आएको आर्थिक मन्दीले नेपालमा पनि असर परेको र कोभिडको साँढे २ वर्ष लामो असर र अहिलेको आर्थिक मन्दीले गम्भीर समस्या ल्याएको बताउनु भयो । कँडेलले नेपालका समग्र बैंक तथा वित्तीय संस्थामा पनि यसको असर गरेको र  विगत ६–७ महिनादेखि ऋण लगानी गर्न नसकेका बताउनु भयो । 
सहकारीहरुको जुन संस्थामा समस्या देखापरेको छ, त्यसका सञ्चालक, अध्यक्ष, व्यवस्थापनले एकल ढंगले संस्था चलाइरहेका र श्रीमान अध्यक्ष, श्रीमती उपाध्यक्ष, छोराछोरी सदस्य गरेर एकल ढंगले अघि बढेका सहकारीहरमा मात्रै असर गरेको कडेंलले बताउनु भयो । सहकारी संस्थाले आफ्नो कुल पूँजीको ८० प्रतिशत ऋणमा लगानी गरेका छन् त्यसको ब्याज कोभिडको कारणले फिर्ता भएको छैन । ब्याज किस्ता तिर्न नसकेको अवस्था छ, दुईतीनवटा संस्थामा समस्या परेपछि अरु सहकारीबाट पनि बचत फिर्ता लान थालेका छन् र आवधिक बचतमा राखेको पैसा फिर्ता माग्न जाने चलन बढेकोले यसले झन तरलताको चाप सहकारीमा पर्ने देखिएको कडेलले बताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, जिल्ला सहकारी सघं लिका उपाध्यक्ष अमन पोटे, काभ्रे पलाञ्चोक जिल्ला बचत सघंका  उपाध्यक्ष सागर कपाली, सल्लाहकार ईन्द्र नारायण भैल, बाल भक्त प्रधान लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सभामा संस्थाको आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिबेदन कोषाध्यक्ष  राम प्रसाद श्रेष्ठ, वार्षिक प्रतिबेदन सचिब नविन भक्त बादेले र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक सुरेन्द्र प्रजापतिले प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं ११ करोड ४५ लाख ७८ हजार, बचत ८५ करोड ५५ लाख ३५ हजार, ऋण लगानी ९२ करोड ८ सय २७ कुल आम्दानी १३ करोड २० लाख ९५ हजार खुद नाफा ५ करोड २ सय रहेको जनाएको छ । 
संस्थाले एक्सेस ब्राण्ड प्राप्त गरेको र अब गोल्डेन अवार्डतर्फ गएको, यसवर्ष वागमती प्रदेश बचत तथा ऋण सहकारी संघबाट उत्कृष्ट घोषणा गरिएको, संस्थाले सदस्यहरुलाई प्राकृतिक मृत्यु राहत, घातक रोग उपचार खर्च, सवारी दुर्घटना उपचार खर्च, आगलागी क्षती राहत, चट्याङ्गबाट क्षति बापत राहत, महिला सदस्य प्रसुती पौष्टिक आहार, दुर्घटना मृत्यु राहत र महिला सदस्यको तल्लो पेटको निशुल्क अपरेशन, प्रविधि अनुसारको सेवा प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत झलेन्द्र प्रसाद दाहालले जानकारी दिनु भयो । 
कार्यक्रममा संस्थापक अधयक्ष ज्योति प्रकाश स्मृतिममा स्थापना गरिएको १२ लाख अक्षयकोषमा उहाँकी छोरी जोत्सना सैजूले थप १ लाख प्रदान गर्नु भएको छ र उक्त कोष बाट वार्षिक १० प्रतिशतबाट सामाजिक कार्यमा खर्च गरिने बताएको छ । कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारी ऋण विभाग प्रमुख रमेश श्रेष्ठ, उत्कृष्ट बचत कर्ता, असली ऋणी लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विकास वादेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष जयओम बादेले राख्नु भएको थियो । 
कार्यक्रम सञ्चालन लेखा समिति सदस्य बुद्धरत्न मानन्धरले गर्नु भएको थियो । 
मनकामना साकोसको नाफा ५ करोड ५१ लाख 
बनेपा/मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को २७ औ वार्षिक साधारण सभा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
प्रमुख अतिथी पौड्लले सहकारी क्षेत्रलाई अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा लिइँदै आएको भए पनि सहकारी, सरकार र बचतकर्ताकै विश्वासपात्र किन बन्न सकेन भनि प्रश्न गर्नु भयो । 
देशभर साँढे ३० हजारभन्दा बढी सहकारीमा ४ हजार एक सयभन्दा बढी सहकारी महिलाले मात्र चलाएका र  उनीहरुको आर्थिक र सामाजिक रुपान्तरण भएको छ पौडेलले बताउनु भयो । सहकारीहरु साँढे ३० हजारमा २३ हजार प्लस स्थानीय तह मातहत रहेका छन् भने करिब ६ हजार प्लस संस्था सातवटा प्रदेश मातहत र संघीय विभाग अन्तर्गत १ सय २६ वटा सहकारी रहेको पौड्यालले बताउनु भयो । देशको अर्थतन्त्रमा सहकारीको ५ प्रतिशत योगदान रहेको र वित्तीय क्षेत्रमा यसको योगदान १७ प्रतिशत रहेको पौड्यालले बताउनु भयो । महासंघ सहकारीको छाता संगठन भएकोले हामीले सहजीकरणमात्र गर्ने भएकाले विकृति रोक्न सरकार आफै अर्थात नियामक निकायले एक्सन लिनुपर्ने पौड्यालको भनाई रहेको थियो । 
सहकारीहरुले नियामकको निर्देशन नमानेको, सहकारीहरु नसुध्रेको खण्डमा हामीले कारबाहीका लागि नियामक निकायलाई लेखेर पठाउने र हाम्रो भूमिका भनेको सहजीकरण गरिदिने, सम्झाउने र बुझाउनेमात्र हो पौड्यालले बताउनु भयो । कार्यक्रममा जिल्ला सहकारी संघ लिका लेखा तथा सुपरिबेक्षण समितिका संयोजक शम्भुलाल श्रेष्ठ, सल्लाहाकार राजकुमार हुमागाई, समृद्धि साकोसका अध्यक्ष साधुराम दाहाल लगाएतले शुभकमना मनतब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिबेदन सचिब होमनाथ ढुंगेल आर्थिक प्रतिबदेन कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक मोट प्रसाद सापकोटाले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थामा शेयर सदस्य ८ हजार १ सय ६१, कुल सम्पत्ति २० करोड, ८४ लाख, शेयर पुजीं २३ करोड ५३ लाख ३५ हजार, निक्षेप १ अर्व ४९ करोड ७८ लाख १६ हजार, ऋण लगानी १ अर्व ६८ करोड ६४ लाख ११ हजार खुद नाफा ५ करोड ५१ लाख २० हजार रहेको जनाएको छ । 
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले संस्थाले सदस्यहरुको लागी उद्यमशील बन्नका लागी तालिमहरु प्रदान गर्ने, आधुनिक प्रविधि मार्फत सेवा प्रदान गर्ने, सामुहिक रोजगारमुलक योजनामा लगानी गर्ने, सदस्य शिक्षा शिविर, एटिम सेवा, क्युआर मार्फत भुक्तानी, सदस्य स्वास्थ्य उपचार खर्च, सुत्केरी खर्च वितरण, सदस्यहरुको विमा, एक्सेस ब्रान्डिङ्ग कार्यक्रमलाई निरन्तरता, संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्ला भर, काठमाडौ, भक्तपुरलाई कार्यक्षेत्र बनाएको दाहालले बताउनु भयो । कार्यक्रममका सभापति तथा संस्थाका अध्यक्ष बालकृष्ण दाहालले संस्थाले ७ वटा सेवा केन्द्र बाट सदस्यलाई सेवा प्रदान गर्दे आएको, पर्याप्त मात्रामा जोखिम कोषको स्थापना गरिएको, संस्थाको निति समुदायमा सहकारी मर्म र भावनालाई शिरोपर गरी सञ्चालनमा रहेका संस्थाहरु संग नियमाअनुसार एकिकरण गर्ने निति रहेको, संस्थालाई गतिशिल, सुशानमुखी, पारदर्शी, विश्वासिलो र सबैको रोजाईको सहकारी निमार्ण गर्न सफल भएको दाहालले बताउनु भयो । कार्यक्रममा संस्थाका सञ्चालक सदस्य शम्भु घिमिरेले रचना गर्नु भएको मनकामना गान विमोचन गरिएको थियो । 
कार्यक्रममा संस्थाका ७० वर्ष भन्दा माथिका १ सय ४० जना जेष्ठ सदस्य, एसईईमा उतिर्ण बाल सदस्य, निर्वाचित जनप्रतिनीधि, उत्कृष्ट कर्मचारी, ऋणी, बचत कर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष गोपाल प्रसाद घिमिरेले राख्नु भएको थियो भने सञ्चालन सञ्चालक सदस्य शम्भु प्रसाद घिमिरेले गर्नु भएको थियो । 
शिक्षकहित साकोसको  १० औं वार्षिक साधारणसभा
    बनेपा/शिक्षकहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 
    केन्द्रिय सहकारी संघका पूर्व अध्यक्ष केशव बडालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष श्याम प्रसाद पाण्डेको सभापत्त्विमा सधारण सभा भएको हो । उक्त सहकारीमा ६ सय ६ जना शेयर सदस्य रहेका छन् । यस्तै शेयर पुँजी ७७ लाख ६ सय, २ करोड १७ लाख ४१ हजार ५ सय ३९ रुपैयाँ बचत निक्षेप रहेको संस्थाका सचिव रामचन्द्र भट्टराइले सभामा जानकारी दिनु भएको थियो । साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन कार्यवाहक कोषाध्यक्ष माधव प्रसाद दाहालले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा व्यवस्थापक तोरण प्रसाद गौतम सहित असल ऋणीलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रामचन्द्र थापा, केन्द्रिय सदस्य शुभद्रा अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेका अध्यक्ष जितेन्द्र नकर्मी, समृद्धि साकोसका अध्यक्ष साधुराम दाहाल लगायत संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।  

सुन्दरबस्ति सहकारीको १४ औ सभा 
    पनौती/पनौतीमा रहेको सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ बार्षिकोत्सव नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अध्यक्ष प्रमिला खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । 
    सभामा बोल्दै नगर प्रमुख भण्डारीले सहकारीलाई सबै सदस्यहरुको विश्वासयोग्य बनाउन नागरिकहरुले बचत, ऋण र शेयर पुँजीको अवस्था हेरेर सचालक, लेखा समिति तथा त्यसको पृष्ठभूमी हेरेर मात्रै कारोवार गर्न सदस्यहरुलाई अनुरोध गर्नु भयो । पुर्व उप सचिव हरि बशिस्ठले सबै सहकारीहरु उस्तै हुन् कि भन्ने भ्रम फैलाउन लागेका केहि तत्वहरुका कारण सबै सहकारी संकटमा परेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, सहकारीकर्मीहरु, शेयर सदस्यहरुको सहभागिता रहेको थियो । सभामा उत्कृष्ट बचतकर्ताहरु हिरामाया तामाङ, रोशनी श्रेष्ठ, हरिमाया श्रेष्ठ, भिमसेन थापा, लक्ष्मी श्रेष्ठ, शोभालक्ष्मी कर्माचार्यलाई सम्मान गरिएको थियो । 
    त्यस्तै उत्कृष्ट कर्मचारी सरिता सापकोटा र भगवती श्रेष्ठ सम्मानित भए भने उत्कृष्ट ऋणी प्रेमबहादुर श्रेष्ठ, रेखा गौतम लगायतलाई सम्मान गरिएको थियो । प्रवन्धक रोशन चौलागाईका अनुसार सहकारीले चुक्ता पुँजी २ करोड ४ लाख ३० हजार अन्र्तगत २० करोड ६६ लाख ८८ हजार बचत गरी २५ करोड ६५ लाख लगानी गरेको बताउनु भयो । सहकारीले शेयर सदस्यहरुको जीवन समृद्ध बनाउन विभिन्न कार्यक्रमहरु संचालन गरिएको अध्यक्ष प्रमिला खड्काले बताउनु भयो । 

स्वेच्छा साकोसको १२ औं सभा 
पाँचखाल/स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा गत आईतबार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) का अध्यक्ष परितोष पौडेलले गर्नू भएको थियो । पौड्लले शेयर सदस्यहरूको रकमको संरक्षण साथै सुरक्षा गर्ने कार्यमा संस्था निरन्तर रुपमा अगाडि बढेकोमा धन्यबाद ब्यक्त गर्नु भएको थियो । 
सदस्यहरूबीच वित्तीय कारोबार गर्ने संस्थाले वित्त परिचालनमा निहित जोखिमको संवेदनशीलतालाई आत्मबोध गर्दै वित्तीय सुशासन र गुणस्तरीय सेवा सहित दिगो साकोस निर्माण माफर्त सदस्यको जीवनस्तर सुधारमा प्रतिवद्धताका साथ अगाडि बढ्ने कार्यमा संघको तफर्बाट सहयोग मिल्ने बताउनु भयो । 
कार्यक्रममा संस्थाका अध्यक्ष ओंकार श्रेष्ठले बाषिर्क साधारण सभामा उपस्थित सम्पूर्णमा धन्यवाद दिदै संस्थाको सदस्यहरू साथै कर्मचारीको सहयोग र हौसलाको कारण संस्थालाई सबल बनाउन सफल भएको बताउनु भयो । साधारण सभामा संस्थाका कोषाध्यक्ष सुनिल सापकोटाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयर पुजीं १ करोड ६ हजार ६ सय, बचत संकलन १९ करोड १९ लाख ७३ हजार ९ सय कुल नाफा  ३० लाख ६० हजार ८ सय १५ रुपैयाँ खुद नाफा गर्न सफल भएको  जनाएको छ । 
सभामा संस्थाका उपाध्यक्ष रामकुमार बोहोराले स्वागत मन्तब्य राख्नु भएको थियो ।  कार्यक्रममा जिल्ला बचत संघका अनुगमन तथा निरीक्षण समितिका सदस्य उपेन्द्र प्रसाद हुमागाई, सर्वमङ्गला माविका प्रधानाध्यापक जयराम अधिकारी, प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव काफ्ले, आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ठाकुरनाथ अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका असल बचतकर्ता, बालबचतकर्ता ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो ।
आदर्श आर्थिक विकास साकोसको १३ औ वार्षिक साधारण सभा सम्पन्न
अध्यक्षमा दिपेन्द्र निर्वाचित

    बनेपा/आदर्श आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ बार्षिक साधारण सभाबाट दिपेन्द्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । 
    समितिको उपाध्यक्षमा जेन वादे सचिव रामशरण तिमल्सिना कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठ तथा सदस्यहरुमा राजेन्द्र घिमिरे, इन्द्र कुमार शाह ठकुरी र उर्मिला रंजितकार निर्विरोध निवाचितहुनु भएको छ । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजक जीवन पोखरेल सदस्य प्रेमकृष्ण वादे र  बुद्धकुमार मानन्धर निर्वाचित हुनु भएको छ । बार्षिक साधारण सभाको उद्घाटन संस्थाका अध्यक्ष इन्द्र कुमार शाह ठाकुरको अध्यक्षतामा सम्पन्न भएको  थियो । 
सहकारीले साधारण सभाबाट सदस्यलाई १६ प्रतिशत नगद लाभांश वितरण गरेको ब्यवस्थापक भरत तिमल्सिनाले बताउनु भयो । संस्थाको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिबेदन सचिव रामशरण तिमल्सिना आर्थिक प्रतिबेदन कोषाध्यक्ष जेन बादे र लेखा तथा सुपरिबेक्षण समतिीको प्रतिबेदन संयोजक जीवन पोखरेलले प्रस्तुत गर्नु भएको थियो । संस्थामा शेयर सदस्य २ हजार ४ सय  रहेको शेयर पुँजी १करोड ६८ लाख हजार जगेडा कोष ६४ लाख ५२ हजार ६ सय ३२ तथा ऋण जोखिम कोष १४ लाख ९६ हजार, ३ुय ९२ रहेको छ । संस्थाको बचत  संकलन १० करोड ९२ लाख २६हजार ६सय ४३ र लगानी हिसाब १० करोड ५७ लाख स्थिर सम्पत्ति ११ लाख ७२ हजार ८ सय १, कर्जा लगानी १०,करोड ५ लाख ८८ हजार १२ रहेको जानकारी दिईएको थियो  छ । त्यस्तैगरी संस्थाले शेयर सदस्यहरुलाई सुत्केरी राहत सुविधा, शिशुलाई लत्ताकपडाको वितरण तथा बाल बचत कर्तालाई जन्मदिनमा केकको ब्यवस्था तथा गरिब तथा बिपन्न बालबालिकाहरुलाई छात्रवृद्धि उपलब्ध तथा सदस्यहरुको मुत्यु हँुदा पारिवारिक राहत सुविधा, सदस्य दुर्घटना विमावापत सदस्यलाई ५०,००० सम्मको विमा प्रदान गर्दै आईरहेको जानकारी संस्थाका ब्यबस्थापक भरत तिमल्सिनाले जानकारी दिनु भयो । 

आर्थिक विकास मित्र सकोसको १६ औ वार्षिक सधारण सभा 
उद्धब प्रसाद अधिकारी/पाँचखाल
आर्थिक विकास मित्र बतच तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा सहकारीका अध्यक्ष सरोज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ । 
संस्थाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिबेदन सचिब सचिव नारायणप्रसाद ढुंगानाले आर्थिक प्रतिबेदन कोषाध्यक्ष राजन कार्किले सभामा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संसथामा ९ हजार ३ सय ५८ जना सेयर सदस्यबाट ८ करोड ७३ लाख सेयर पुँजी, ६१ करोड बचत संकलन, ८० करोड ऋण लगानी गरेको जानकारी दिईएको  थियो ।
संस्थाले १५ आना जग्गामा कार्यालय आफ्नै भवन बनाएर सेवा प्रदान गरिरहेको र बनेपा, मण्डनदेउपुर नगरपालिकामा सेवा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको तथा सहकारीले सामाजिक सेवामूलक गरेको बताएको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव सुरेन्द्रप्रसाद पौडेल, पाँचखाल नपाको कृषि तथा सहकारी शाखाका सुदर्शन बोलखे, पाँचखाल न.पा. सहकारी समन्वय समितीका सदस्य शिवहरी लामिछाने, प्रगतिशिल बहुउदेश्यीय सहकारीका अध्यक्ष केशव प्रसाद काफ्ले, स्वेच्छा सहकारीका अध्यक्ष ज्ञानबहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सिडनेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को २१ औं सभा 
नाला/सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को २१ औ वार्षिक साधारण सभा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । 
प्रमुख अतिथी श्रेष्ठले संस्थाले समय र प्रविधि अनुसारको सेवा प्रदान गर्नु पर्ने बताउनु भयो । सहकारी सहकारी विच अस्वस्थ प्रतिस्पर्धा गर्नु भन्दा स्वस्थ प्रतिस्पर्धा सँगै सहकारीहरु मर्जर प्रक्रियामा जानुपर्ने श्रेष्ठले बताउनु भयो । केहि सहकारीहरुमा समस्या आएकाले सहकारीहरु सचेत, काननु सम्मत र सहकारी ऐन अनुसार सञ्चालन गरी सदस्यहरलाई थप सेवा प्रदान गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा सल्लाहकार सिद्धिबहादुर कर्माचार्य, सहकारीकर्मी लक्ष्मण दाहाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन सचिव राजन श्रेष्ठ आर्थिक प्रतिबेदन कोषाध्यक्ष नवराज श्रेष्ठ र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिवेदन संयोजक राजाराम दाहालले प्रस्तुत गर्नु भएको थियो । 
संस्थाको १ करोड ९० लाख ४८ हजार शेयर पुजीं, ऋण लगानी २८ करोड ८४ लाख, निक्षेप संकलन २५ करोड २२ लाख कुल कारोबार ३२ करोड ५८ लाख रहेको जनाएको छ । कार्यक्रम संस्थाका अध्यक्ष रेशम नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो । 
युएम साकोसको अध्यक्षमा लक्ष्मी नारायण  
    बनेपा/युएम बचत तथा ऋण सहकारी संस्था लि.को ११ औ वार्षिक साधारण सभाबाट लक्ष्मी नारायण श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनु भएको छ । 
संस्थाको रिक्त रहेको पदहरुमा भएको निर्वाचनमा सञ्चालक सदस्य सोम काजी शाक्य र लेखा तथा सुपरिबेक्षण समितिको संयोजकमा रिना मानन्धर निर्वाचित हुनुभएको छ । संस्थाको गत भदौ २५ गतेबाट शुरु भएको साधारण सभा असोज २ गते सम्पन्न भएको थियो । सहकारीको काभ्रे र सिन्धुपाल्चोक जिल्लामा कार्यक्षेत्र रहि ९ वटा सेवा कार्यलय मार्फत सदस्यहरुलाई सुविधा प्रदान गर्दे आएको प्रमुख कार्यकारी अधिकृत रुसन श्रेष्ठले जानकारी दिनुभयो । सहकारीले प्रविधियुक्त सेवा अनर्तगत मोबाईल बैकिङ्ग, एटिएम सेवा, कृषिमा लगानी, सिपमुलक तथा उत्पादन क्षेत्रमा लगानी गर्ने, संस्थामा स्थायी कर्मचारी ४६ र करार ३४ गरी ८० जना रहेको, संस्थाको केन्द्रिय कार्यालय बनेपको पुलबजारमा आफ्नै भवनमा रहेको श्रेष्ठले बताउनु भयो । संस्थाको बनेपा, पाँचखाल, भकुण्डे, चौतारा, बाह«बिसे, खाडीचौर, पनौती, सिपाघाट र मेलम्चीमा सेवा कार्यालयबाट सेवा प्रदान गरेको श्रेष्ठले बताउनु भयो । 
साधारण सभाको समापन कार्यक्रम जिल्ला समन्वय समितीका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यतामा भएको थियो । गौतमले सहकारीहरुले अब उत्पादनमुखी क्षेत्रमा मात्रै लगानी गर्नु पर्ने बताउनु भयो । अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण अहिले सहकारीमा समस्या आएको गौतमले बताउनु भयो । सहकारीको राज्यलाई आर्थिक क्षेत्रमा ठुलो सहयोग भए पनि राज्यले सहकारीलाई हेर्ने दृष्टिकोण फरक रहेको गौतमको भनाई रहेको थियो । कार्यक्रममा काभ्रे पलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष जितेन्द्र नकर्मी, नेपाल पत्रकार महासंघका सल्लाहकार नवराज बजगाई, प्रेस युनियनका अध्यक्ष नगेन्द्र अधिकारी लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो । सहकारीको कुल शेयर पुजीं ५ करोड ३८ लाख, कर्जा लगानी ७६ करोड २७ लाख ५८ हजार, नगद मौजाद ५ करोड ८७ लाख १ हजार ९ सय रहेको जनाएको छ ।
। 
कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष रमादेवी श्रेष्ठले राख्नु भएको थियो भने सभापतित्व अध्यक्ष रामशरण श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन मानव संशोधन सदस्य तथा परामर्श विभाग प्रमुख चण्डिका वाग्लेले गर्नु भएको थियो । 

बुडोल सामुदायिकको २३औं वार्षिक साधारण सभा सम्पन्न
बनेपा/समुदायमा आधारित रहेर सदस्यको सामाजिक, साँस्कृतिक र आर्थिक विकासमा निरन्तर सेवारत बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं वार्षिक साधारण सभा बनेपा, धुलिखेल र नाला गरी ३ क्षेत्रमा क्रमशः अध्यक्ष कैलाश के.सी., लेखा सुपरीवेक्षण समिति संयोजक पूर्णबहादुर कार्की र सचिव जयराम थापाको क्षेत्रगत सभापतित्वमा सम्पन्न भएको छ । 
सभामा बनेपा क्षेत्रको कार्यक्रम संचालन लेखा सुपरिवेक्षण समितिकी सदस्य शर्मिला नेपालले, स्वागत मन्तव्य संचालक समिति सदस्य गीता कुँवर क्षेत्रीले र प्रतिवेदन प्रस्तुत सह–कोषाध्यक्ष राधाकृष्ण श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने धुलिखेल क्षेत्रको कार्यक्रम संचालन पूर्व शिक्षा अधिकृत नविन बडालले, स्वागत मन्तव्य संचालक समिति सदस्य गायत्री खड्काले र प्रतिवेदन प्रस्तुत उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले प्रस्तुत गर्नु भएको थियो साथै नाला क्षेत्रको कार्यक्रम संचालन टुकुचा जागरण सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य जयराम श्रेष्ठले, स्वागत मन्तव्य संचालक समिति सदस्य अनिला श्रेष्ठले र प्रतिवेदन प्रस्तुत सह–सचिव प्रकाश भुर्तेलले प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन मार्फत आर्थिक वर्ष २०७८।०७९ को अन्त्यमा संस्थाको कुल सम्पत्ति रु.१,७४,६५,५१,८२९।८१, कुल बचत रु. १,३२,२१,८४,४८४।६५, शेयर पूँजी रु.१४,८७,२९,९००।००, लगानीमा रहेको ऋण रु. १,३३,५४,६४,९९२।८७, संस्थागत पूँजी रु. ११,७६,२५,५२०।८८ र संचालन मूनाफा रु.६,२१,६८,११७।२१ रहेको विवरण सम्बन्धित प्रतिवेदन प्रश्स्तुतकर्ताले प्रस्तुत गर्नुभएको थियो । 
सभाले सदस्यहरुलाई १४.५० प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ३.५ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ऋणमा तिरेको ब्याजको ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ । सभासमक्ष प्रमुख सल्लाहकार एवम् निवर्तमान अध्यक्ष रामहरि के.सी., सल्लाहकार प्राध्यापक भोलाबहादुर के.सी., र सल्लाहकार भैरव के.सी.ले क्षेत्रगत रुपमा आ–आफ्नो क्षेत्रबाट शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा सदस्यहरुबाट उठेका जिज्ञासा र सल्लाह सुझावहरुलाई सम्बोधन गर्दै सभाध्यक्षहरुले क्षेत्रगत रुपमा आ–आफ्नो क्षेत्रबाट धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो । सभामा कुल सदस्य संख्याको ५९ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको र संस्थामा आवद्ध शेयर सदस्यहरुलाई शेयर लाभांश र बाल बचतकर्ता सदस्यहरुलाई बचतको आधारमा कापि पेन्सील÷पेन वितरण यहि मिति २०७९ असोज ६ गते विहिबारबाट वितरण गर्ने जानकारी संस्थाका का.मू. प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले जानकारी दिनुभयो ।