2026 September 09/ 11:55: 11am

    बनेपा/पतंजली योग समिति बनेपको योग भवनमा हरितालिका तिज पर्व तथा विविध सांस्कृतिक कार्यक्रम बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
प्रमुख अतिथी दाहालले तिजलाई पर्वका रुपमा मात्र लिई मनाउन आग्रह गर्नु भएको थियो । कार्यक्रममा विभिन्न योग सेन्टरहरुबाट योग साधक–साधिकाहरु करिव ५ सय भन्दा बढी सहभागी रहेको थियो ।  उक्त कार्यक्रममा नृत्य, नाचगान गरी हर्षोल्हासका साथ तिज पर्व मनाईएको थियो ।
कार्यक्रममा पतंजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजले, महामन्त्री सुधा कोलनी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, पतंजली योग समिति काभ्रेका अध्यक्ष हरी शरण श्रेष्ठ, बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थिथो । कार्यक्रममा सभापतित्व  महिला पतंजली समितिका अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष अञ्जना श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम  संचालन महामन्त्री कमला राजभण्डारीले गर्नुभएको थियो ।
    यसैगरी धुलिखेल नगरमा पतंजली योग समिति धुलिखेल नगर समितिको आयोजनामा धुलिखेल योग साधना केन्द्र र सेतीदेवी योग साधना केन्द्र, के.यु. योग साधना केन्द्र र निलकण्ठेश्वर साधना केन्द्रको संयुक्त आयोजनामा हरीतालिका तिज पर्वको धुलिखेल नगरका पूर्व उप प्रमुख विमला शर्मा, पतंजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रुविन तौजले, बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पतंजली योग समिति काभ्रेका अध्यक्ष हरीशरण श्रेष्ठ, महिला पतंजली योग समिति काभ्रेका अध्यक्ष अनु श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।