2026 September 04/ 07:59: 56pm

    दोलालघाट/पंतजली योग समिति काभ्रेको आयोगजनामा भुम्लु गाउपालिकाको दोलालघाटमा एक हप्ते योग शिविर संचालन भएको छ । 
पंतजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रोविन तौजलेले उद्घाटन गर्नुभएको उक्त शिविरमा ५० जना भन्दा बढी योग साधकहरु सहभागी भएका थिए  ।  शिविरमा बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्य, पतंजली योग समिति काभ्रेका अध्यक्ष हरीशरण श्रेष्ठ, पतंजली योग समिति काभ्रेका उपाध्यक्ष प्रकाश कायष्ठ लगायतका पदाधिकारीहरुले  शिविरमा दैनिक सहभागिता जनाई पंतजली योग समिति काभ्रेको उदेश्य अनुरुप काभ्रे जिल्लालाई योगमय जिल्ला बनाउने र प्रत्येक गाउँ–गाउँमा र घर–घरमा योग जागरण अभियान पु¥याउने उदेश्य अनुरुप आगामी २०७९ असार १७ गतेदेखि २६ गते सम्म बृहत योग विज्ञान शिविर दोलालघाटमा आयोगजना गरिने भएको समेत जानकारी गराउनु भएको थियो ।