2026 May 19/ 03:48: 41pm

जनागाल/क्युरेक्स फर्मास्यिुटकल्स प्रालि ट्रेड युनियन नेपालको सातौ अधिबेशनले श्याम सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । 
अधिबेशनको उद्घाटन जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । निर्वतमान जिल्ला समन्वय समिति प्रमुख उद्धब केसी लगायतका नेताहरुले मजदुर हक हितका लागि तत्कालिन केपी ओली नेतृत्वको सरकारले ल्याएका कार्यक्रमहरुका बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा मजदुरहरुको हक हितका लागी ट्रेड युनियन सधै लागिरहने बताउनु भयो । मजदुरहरुका लागी विगत देखी नै ट्रेड युनियनले काम गर्दे आएको र आगमी दिनम समेत लाग्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा जिफन्ट प्रदेश कमिटी अध्यक्ष रामहरी नेपाल, क्युरेक्स ईकाई अध्यक्ष तथा नेकपा एमाले काभ्रे जिल्ला कमिटी अध्यक्ष शान्ति थापा कार्कि,ट्रेड यसनयनका कन्द्रिय पद्यादिकारीहरु, जिल्लाका विभिन्न घटकका मजदुर प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा अखिल नेपाल औधोगिक मजदुर युनियनबाट ट्रेड युनियनमा प्रबेस गर्न २४ जनालाई स्वागत गरिएको थियो , कार्यत्रम क्युरेक्स ईकाई अध्यक्ष तथा नेकपा एमाले काभ्रे जिल्ला कमिटी अध्यक्ष शान्ति थापा कार्किको सभापतित्वमा सम्पन्न भएको थियो ।