2026 May 19/ 04:46: 49pm

धुलिखेल/जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जिल्लाका संचारकर्मीहरुसँग अन्र्तक्रिया गर्नु भएको छ । अन्र्तक्रिया कार्यक्रममा जिल्लाका संचारकर्मीहरुको सक्रिय सहभागिता रहेको थियो । 
    समन्वय प्रमुख दिपक गौतमले जिल्लाको विकास निर्माण तथा नागरिकहरुको समृद्धिका लागि गर्नु पर्ने समन्वयका लागि सुझाव दिन अनुरोध गर्नु भएको थियो । संचारकर्मीहरुले नागरिकहरुलाई सेवा दिने अभियानमा भईरहेका प्रयासलाई थप सहजिकरण गरी अझै सुविधा दिन अनुरोध गर्नु भयो । समन्वय अधिकारी भिमप्रसाद भट्टराईले जिल्ला समन्वय समितिको कार्यक्षेत्र भित्र रहेर कार्य गर्ने बताउनु भयो । कार्यक्रममा उपप्रमुख रिमबहादुर तामाङ, सदस्यहरुको सहभागिता थियो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, पुर्व अध्यक्षहरु ईश्वरी ओझा, भोला थापा, महेश पौड्याल, नारायण सापकोटा लगायतले समन्वय समितिले खेल्ने भूमिका समन्वयकारी गर्न सुझाव दिनु भएको थियो ।