2026 May 19/ 03:49: 12pm

बनेपा/बनेपा नगरपालिकाको आयोजनामा किशोरीसँग उपमेयर कार्यक्रम अन्तर्गत नगरका १४ वटै वडामा किशोरी समुह गठन र सीप तालिम सञ्चालन  भैईरहेको छ । तालिमको उद्घाटन बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा दाहालले गर्नु भएको थियो । दाहालले किशोरीहरुलाई समाजमा बढ्दै गएको यौन हिंसा, सामाजिक बिकृति साईबर क्राईम, लगाएतका लैङ्गिक हिंसाका बारेमा सचेत रहन आग्रह गर्नु भएको थियो । नगरले किशोरीहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिरहेकाले यसको सदसपयोग गरी आफुलाई परेका समस्याका बारेमा आमा, दिदी, साथी तथा नजिकैको आफन्तलाई खबर गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, महिला तथा बालबालिका शाखा अधिकृत विजया सुवेदी, निरीक्षक निर्मला कार्की लगायत लगाएतका ब्यक्तिहरुले उक्त उमेर भनेको शारिरीक परिवर्तन देखी बाह्य कुरामा ध्यान जाने भएकाले परिवार सचेत रहनु पर्ने बताउनु भएको थियो ।