2026 September 04/ 08:08: 56pm

पनौती/इन्द्रेश्वर क्याम्पस पनौतीको आयोजनामा ३ दिने अनुसन्धान पद्दति कार्यशाला गोष्ठी शनिबार सम्पन्न गरेको छ । जिल्लाका क्याम्पसका प्राध्यापकहरु ३५ जनाको सहभागिता रहेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्राध्यापक डा. दिलिप पराजुली, डा. प्रकाश श्रेष्ठ र डा. मच्छिन्द्र थापाले सहजीकरण गर्नु भएको थियो ।
कार्यशालाको समापन समारोहमा सहभागीहरुलाई प्रमाण–पत्र वितरण गर्नु हुँदै प्रमुख अतिथी पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती क्षेत्रलाई शैक्षिक गन्तब्य स्थलको रुपमा विकास गर्न नगरपालिका सदा प्रयत्नशील र नतिजामुखी रहन आग्रह गर्नुभयो । कार्यशाला समापन कार्यक्रममा इन्द्रेश्वर क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुयुकाजी ताम्राकार, कोषाध्यक्ष भिमसेन बस्नेत, क्याम्पस प्रमुख श्रीकुमार सुवाल तथा सहभागीहरुको तर्पmबाट भवानी पाण्डे एवं श्रोत व्यक्ति प्राध्यापक डा. दिलिप पराजुलीले कार्यशालाको उद्धेश्य तथा अपेक्षाका बारेमा प्रकास पार्नु भएको थियो । कार्यशाला प्राध्यापकहरुको क्षमता अभिबृद्धि एबं बैज्ञानिक लेखन कौशल अभिबृद्धि तथा नबिन प्रबिधि विकास गर्ने उद्देश्यले इन्द्रेश्वर क्याम्पसले विश्व विद्यालय अनुदान आयोग, सानोठिमीको सहयोगमा पहिलो पटक आयोजना गरेको हो ।