2026 September 04/ 06:59: 18pm

    धुलिखेल/अखिल नेपाल किसान महासंघ काभ्रेले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
    मुलुकमा बढ्दो मुल्य बृद्धी, महङ्गी नियन्त्रण, रसायनिक मलको अभावलाई ब्यवस्थापन गर्न माग गर्दै किसानहरुले ज्ञापनपत्र बुझाएका हुन् । प्रेट्रोलियम पदार्थको मुल्य बृद्धीका कारण महङ्गो भएको बजार नियन्त्रण गर्न, किसानहरुले खेति गर्ने समयमा मल ब्यवस्थापन हुन नसक्दा भोग्नु परेका समस्याहरुका बारेमा ज्ञापन पत्र बुझाईएको एमाले सचिवालय सदस्य समेत रहेका किसान महासंघ काभ्रेका अध्यक्ष विदुर हुमागाईले बताउनु भयो । ज्ञापनपत्र बुझाउन किसान महासंघकी केन्द्रीय सदस्य एवं पार्टी प्रदेश कमिटी सदस्य बिमला शर्मा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।