2026 September 04/ 03:31: 11pm

बिष्णु घिमिरे/साउदी अरव
     अन्तर संस्था समन्वय समिति रियादले नयाँ वर्ष २०७९ को अवसरमा एक कार्यक्रम आयोजना गरि नेपाली समुदायबीच मनाएको छ ।
    नयाँ वर्षको अवसरमा साउदीमा कार्यरत नेपालीहरुबीच सुख, शान्ति, सम्वृद्धि, सु– स्वास्थ्य एवम् दिर्घायुको कामना सहित शुभकामना आदानप्रदान तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरि कार्यक्रम मनाएको थियो भने कार्यक्रममा दूतावासका द्वितीय सचिव टिकाराम उपाध्याय एन आर एन, बिभिन्न सामाजिक संस्था, स्थानीय कलाकार  मिडीया कर्मी, सामाजिक व्यक्तित्व लगायत  नेपालीको उपस्थिती रहेको थियो । सस्थाको अध्यक्ष अमृत पौडेलले साउदी अरेबियाको  कानुन र नियमलाई पालना गर्दै कार्यक्रम आयोजना गरिएको र उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुको साथै संस्थाले सामाजिक कार्यमा दुतावासलगायत विभिन्न संघ संस्थाकासँग समन्वय गरी पीडितलाई सहयोग गर्दै आईरहेको छ भने नयाँ वर्षको अवसरमा पारि साउदीको  दमाम, जेध्दा शहर लगायत विभिन्न स्थानमा आफ्नै तरिकाले उमगंका साथ मनाएका छन ।