श्रीखण्डपुर/विन्ध्यावासिनी आध्यात्मिक प्रतिष्ठान, मूल आयोजक समिति २०७८ ले श्रीखण्डपुरमा रहेको विन्ध्यबासिनी मन्दिरमा चैत्र १९ देखि २७ सम्म श्रीदेवी भागवत नवाह ज्ञान महायज्ञ संचालन गरिरहेको छ ।
महायज्ञको अवसरमा विन्ध्यवासिनी मन्दिर परिसरमा सामूहिक व्रतबन्ध भिक्षा दान कार्यक्रम संचालन भएको छ । मन्दिर परिसर, श्रीखण्डपुरमा नवनिर्मित मन्दीरको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटनका साथै स्वामी निशेषानन्दजी महाराजजीद्वारा नेपाली भाषामा लिपिबद्ध गरिएको श्री भागवत दिग्दर्शन ग्रन्थ लोकार्पण गरिएको थियो । संयोजक कृष्णप्रसाद तिमल्सिनाको अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वामी गुरु महाराज निशेषानन्दजी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, पनौती नगरपालिका प्रमुख भीम न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले आध्यामिक ज्ञान र धर्मको संरक्षण गर्न सबै पक्ष जुट्नु पर्ने बताउनु भयो ।





