2026 May 19/ 12:28: 09pm

बनेपा/नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ जिल्ला शाखा काभ्रेको सातौ साधारण सभा तथा बनभोज कार्यक्रम महासंघ बागमती प्रदेशका अध्यक्ष नारायण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
प्रमुख अतिथि श्रेष्ठले पुस्तक तथा स्टेसनरी खरिद बिक्रीमा ब्यबसायिहरुलाई परेको समस्या र बिमा गर्नुको फाइदाका बारेमा बताउनु भयो । ब्यबसायमा धैरै कठिनाई आइपरेकोले सजक भएर काम गर्न आग्रह गर्न ब्यबसायीहरुलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथी नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका केन्द्रिय अध्यक्ष हरिप्रसाद भण्डारी, महासंघका सल्लाहकार तथा निबर्तमान उपाध्यक्ष कृष्णचन्द्र पौडेल, अतिथिहरु महासंघ केन्द्रिय सदस्य कृष्णराम कार्की, महासंघ बागमती प्रदेश कोषाध्यक्ष सुबिन मानन्धर र सदस्य शरण ढकाल, प्रभु इन्स्योरेन्स बनेपा शाखा प्रमुख शर्मिला मल्ली लगायतको सहभागिता रहेको थियो । संघको बार्षिक प्रगती प्रतिबेदन सचिब राजन श्रेष्ठ र आर्थिक प्रतिबेदन द्वितीय उपाध्यक्ष रामकुमार आचार्य सभामा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम महासघंका अध्यक्ष भिम प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।