2026 May 19/ 12:24: 23pm

    बनेपा/बनेपा नगरपालिकाको आयोजनामा कौशीमा गर्न सकिने तरकारी खेती सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।
    तालिमको समापन बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठले गर्नु भएको थियो । बादेले उक्त तालिम अति महत्व भएकाले तालिममा सिकेको कुरालाई ब्यबहारमा उर्तान आग्रह गर्नु भएको थियो । नगरपालिकाले दिएको तालिमले थोरै भए पनि आर्थिक भार कम हुने, स्वच्छ तरकारी उत्पादन हुने, भान्सामा निस्कने कुहिने फोहोरको उचित ब्यबस्थापन हुने नगर प्रमुख बादेले बताउनु भयो । नगरका १४ वटै वडामा नगरपालिकाले विभिन्न किसिमका सिपमुलक तालिमहरु प्रदान गरी नगरबासीहरुलाई आत्मनिर्भर बनाउन लागीएको बादेले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले नगरपालिकाले भौतिक विकास सगै नगरबासीहरुलाई खुसी र सुखी बनाउन लागिएको बताउनु भयो । नगर भित्र रहेका आमा बाबु बिहिन बालबालिकालाई मासीक ३ हजार सहित संरक्षण, निशुल्क आँखाको उपचार, १८ वर्ष मुनिका अपाङ्गता भएका बालबालिकाको निशुल्क उपचार, कृषकहरुलाई कृषि औजार वितरण सगै तालिम प्रदान, गोठ सुधार, सिपमुलक तालिम प्रदान, स्वास्थ्य चौकी निमार्ण गर्दै आएको उपप्रमुख सापकोटाले बताउनु भयो ।
    तालिममा कृषि शाखा प्रमुख मुकुन्द केसीले १ सय ५० जनालाई तालिम प्रदान गरिएको र तालिम प्रदान पश्चात कौसी खेतीका लागी मल बनाउनका लागी विन र तरकारीको विउ प्रदान गरिएको बताउनु भयो । कृषि शाखाले समय समयमा कृषि सम्बन्धी तालिम प्रदान गर्दै आएको, तरकारीको विउ वितरण, प्लाष्टिक टनेल, पिठो पिस्ने मेशिन लगाएतका कृषि औजारहरु वितरण गर्दै आएको बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य कृषि शाखाका बच्चु कर्र्किले गर्नु भएको थियो भने प्रशिक्षण कमला हुमागाईले गर्नु भएको थियो ।