2026 May 19/ 11:12: 18am

    बनेपा/ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनेपाको आयोजनामा एक दिने सहकारी अन्र्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मुकुन्दप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  संस्थाका संचालक समिती सदस्यहरु, लेखा तथा सुपरिवेक्षण समिति, ऋण उप–समिती तथा अन्य उप–समिति, सेवा केन्द्र संचालन ब्यवस्थापन समिति तथा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो ।
    संस्थाले सहकारीको पछिल्लो अवस्थासँगै राष्ट्रिय स्तरमा आर्थिक रुपमा हुन थालेको संकट ब्यवस्थापनलाई कसरी सहज बनाउन सकिन्छ ? सहकारी संचालनमा देखिएका समस्यालाई विश्लेषण तथा निराकरण गर्ने उपायले उक्त कार्यक्रम आयोजना गरेको अध्यक्ष मुकुन्दप्रसाद दाहालले बताउनु भयो । संस्थाको आर्थिक गतिविधि, नीति तथा कार्यक्रम र लक्ष्य प्राप्तीको लागी भावी योजना तर्जुमा, सेवा केन्द्र संचालनमा आएका समस्या, चुनौती तथा समाधानका उपायहरुका बारेमा समेत छलफल गरिएको थियो । संस्थाका अध्यक्ष मुकुन्दप्रसाद दाहालले संस्थाको गतिविधि तथा भावी योजना सम्वन्धी जानकारी गराउनु भएको थियो । सोहि कार्यक्रममा संस्थामा कार्यरत वरिष्ठ अधिकृत अनिल कुमार श्रेष्ठले संस्थाको संक्षिप्त परिचय सहित वित्तिय विवरण प्रस्तुत, अवलम्वन गरिरहेको लेखा पद्धती तथा सेवा केन्द्र संचालनको फाईदा, चुनौती समस्या तथा समस्या निराकरण सम्वन्धी जानकारी गराउनु भएको थियो । संस्थाका लेखा समिति संयोजक मुक्तीनाथ तौजलेले लेखा सुपरिवेक्षण समितिले गरेका काम तथा संस्थाका गतिविधिसँग सम्वन्धित राय र सुझाव प्रस्तुत गरेका थिए । संस्थाका सचिव रामेश्वर शर्मा वाग्लेले संस्थाको सुुसाशन, कर्मचारीको काम कर्तब्य तथा कर्जा लगानीमा धितो मुल्याङ्कन सम्वन्धी पालना गर्नुपर्ने नियम र ब्यवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।
    संस्थाको वासलात १ अर्व ५६ करोड रहेको छ भने ६ हजार ५ सय ६७ जना शेयर सदस्य रहेका छन् । केन्द्रीय कार्यालयको अलावा ७ वटा सेवा केन्द्रबाट सेवा प्रवाह भईरहेको छ । काभ्रेपलाञ्चोक, ललितपुर भर र भक्तपुरको मध्यपुर नगरपालिका र सुर्यविनायक नगरपालिकामा समेत कार्यक्षेत्र रहेको छ । चालु आर्थिक वर्षमा केहि संस्था एकिकरण सँगै काय क्षेत्र विस्तार गरि थप २ वटा  सेवा केन्द्र संचालनमा आउने छ ।