2026 September 05/ 04:10: 40am

    बनेपा/संविधानले गरेको ब्यवस्था अनुसार स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, सिमामा भएको अतिक्रमण रोक्न, ज्यान मार्ने धम्की दिने मन्त्रीलाई कारवाही गर्न माग गर्दै एमाले निकट भातृ संगठनहरुले विरोध जारी राखेका छन् । 
    सोमबार साँझ युवा संघले बनेपामा राँको जुलुस प्रर्दशन गरेको छ । बनेपाको चारदोवाटो चोकमा प्रर्दशन गरेको राँको जुलुसमा युवा संघका केन्द्रिय नेताहरु राकेश लामा, विक्रम चौलागाई, जिल्ला संयोजक सागर रायमाझीहरुले सम्बोधन गरेका थिए । नेताहरुले समयमै निर्वाचन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए । जुलुसले बनेपाका विभिन्न स्थानमा प्रर्दशन गरेको थियो । 
    त्यस्तै मंगलबार एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सभामुख अग्नि सापकोटालाई बनेपा स्थित अरनिको राजमार्गको बुडोल खण्डमा कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । अनेरास्ववियुका केन्द्रिय सदस्यहरु शालिकराम पराजुली, हरिश्चन्द्र घिमिरे, जिल्ला अध्यक्ष अशोक खनाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।