जनागाल/नाईटिङ्गेल एकेडेमी माध्यमिक विद्यालयमा आयोजना गरिएको खेलकुद सप्ताह २०७५ सम्पन्न भएको छ ।
खेलकुद सप्ताहको समापन ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक निरञ्जन भट्टराईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा कक्षा १ देखी १० सम्मका विद्यार्थीहरुले भागलिएका थिए । खेलमा भलिबल, फुटवल, खो खो, लगाएत १५ वटा खेल समाबेश गरिएको अतिरिक्त क्रियाकलाप संयोजक विक्रम प्रजापतिले जानकारी दिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथी भट्टराईले खेल जिवनको महत्व पाटो भएकोले यसलाई निरन्तर जारी राख्नु पर्ने बताए । शिक्षा जस्तै खेलको पनि उतिकै महत्व भएकाले विद्यालयलाई खेलकुद कार्यक्रमलाई निरन्तरता दिईरहन सुझाव दिएका थिए । आत्मरक्षा, स्वास्थरहन पनि खेलको महत्व रहेको बताएका थिए । कार्यक्रम विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रत्नकुश रञ्जीतले विद्यालयमा अतिरिक्त क्रियाकलापहरुलाई अझै थपिदै लगिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
विद्यार्थीहरुको भावना अनुसार शिक्षा सगै अन्य अतिरिक्त क्रियाकलापमा जोड दिने वताएका थिए । कार्यक्रम विद्यालयकी सहायक प्रिन्सिपल उमा वस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।









