2026 September 05/ 02:56: 14am

बनेपा/नेपाल उत्पिडित जातिय मुक्ति समाज जिल्ला कमिटी काभ्रेको बृहत अगुवा कार्यकर्ता भेला नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
कार्यक्रममा बास्कोटाले सबै जातजाती एकै समान भएको बताउनु भयो । अहिलेको संविधानले कसैलाई पनि सानो र ठुलो नछुट्टयाएको बताउदै कसैले पनि यो र त्यो जात भनेर होच्याउन नहुने बाँस्कोटाले बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य रेशम लामा, नबिना लामा, रुक्मिनी राना, जिल्ला सचिब नारायण पाण्डे बागमती मुक्ति समाज संयोजक टेक घतानी, मुक्ती समाज बागमती इन्चार्ज तथा माननीय बागमती प्रदेश सदस्य मैना अच्छामी जिल्ला कमिटी सदस्यहरु कुमाले मिजार, प्रकाश रोक्का, बिष्णु मिजार, कुमाले मिजार, बिष्णु मिजार लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष खड्ग पुर्कुटीको सभापतित्वमा र सचिव तेज नेपालीको संचालनमा सम्पन्न भएको थियो ।