2026 May 16/ 06:24: 18am

पाँचखाल/बनेपामा केन्द्रीय कार्यालय रहेको आयाम बचत तथा ऋण सहकारी संस्था लि.ले पाँचखाल नगरपालिका–४, समाजकल्याणमा सेवा केन्द्र स्थापना गरेको छ ।  प्रदेश सांसद लक्ष्मण लम्सालले सेवा केन्न्द्रको उद्घाटन गरेका थिए । 
    कार्यक्रममा संस्थाका सल्लाहकार टिकाराम खड्गी, जिल्ला सहकारी संघ, काभ्रेका सञ्चालक सदस्य ठाकुरनाथ अधिकारी, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक सदस्य सत्यवती भट्टराई, पाँचखाल न.पा. सहकारी शाखा प्रमुख ईश्वर अधिकारी, पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्की, पाँचखाल न.पा.का वडा नं. १, २, ३, ४, ५, ६ र ७ का वडाध्यक्षहरू क्रमश अष्टबहादुर तामाङ, हरि खतिवडा, सुन्दर अधिकारी, सुन्दर लामा, बालकृष्ण सापकोटा, रामशरण दुलाल, पुष्कर ढकाल, प्रभु साकोसका अध्यक्ष श्यामकृष्ण लम्साल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी लम्सालले सहकारी संस्था जनताको सहयोगी संस्था बनेर अगाडि बढ्नुपर्ने बताए । संस्थाका अध्यक्ष नवराज घोरसाइनेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारीको नीति, नियम र परिधिभित्र रहेर आफ्ना सदस्यहरुको आर्थिक, समाजिक, संवेगात्मक विकासमा आयाम साकोस सदैव अग्रसर हुने प्रतिवद्धता ब्यक्त गरेका थिए । 
स्वरोजगार कर्जा अन्र्तगत यस संस्थाले पहिलोे र दोस्रो किस्ता गरेर ३९ जना युवाहरुलाई सहभागी गराएको छ । ५ करोड ५० लाखको कुल सम्पतीमा सञ्चालित संस्थाले केन्द्रीय कार्यालय बनेपाबाट बाल सदस्यसहित २००० भन्दा बढी शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको र पाँचखाल क्षेत्रमा औपचारिक रुपमा सेवा केन्द्र स्थापना गर्नु अगावै लगभग ३५० सदस्यता वितरण गरि सकिएकोे संस्थाका प्रबन्धक सबिना पन्तले बताईन् । कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष सुनिल चौलागाईंले गरेका थिए ।