2026 September 02/ 08:17: 25pm

उद्धब प्रसाद अधिकारी/पाँचखाल 
नेपाल राष्ट्रिय शिक्षक संगठन पाँचखाल नगर समति दोस्रो नगर अधिवेशन मंसिर ४ गते पाँचखाल नगरपालीका सभा हलमा सम्पन्न भएको छ । अधिबेशन नेपाल राष्ट्रिय शिक्षक संगठन काभे जिल्ला समिति अध्यक्ष श्यामप्रसाद पाण्डेको प्रमुख आतथ्यतामा सम्पन्न भएको छ । भेलाले माधव नेपालको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । जसमा उपाध्यक्ष राम चन्द्र भट्टराई, महिला उपाध्यक्ष ज्ञानी शोभा नेपाली, सचिव रामकुमार बोहोरा, कोषाध्यक्ष यमन ओझा, सहसचिव सम्झना रायमाझी, सह–कोषाध्यक्ष भावना सापकोटा, सदस्यहरुमा निर्मला श्रेष्ठ, अप्सरा कुवंर लगायत रहेका छन् भने अन्य सदस्यहरुमा वडा नं १ मा सन्तोष खतिवडा रामप्रसाद पौडेल, कविता कुँवर, रामकिशन लम्साल, दिनेश ढुंगाना, सरीता सापकोटा, श्रवण कुमार बोलखे, योगनाथ सत्याल, योगबहादुर कुवंर, गणेश अधिकारी, ज्ञान बहादुर श्रेष्ठ, सरोज ढुंगाना, केशव न्यौपाने रहेका छन् । त्यसैगरी प्रदेश सदस्यहरुमा प्रकाश ढुंगाना, विद्यालक्ष्मी देउजा, नानीराम सापकोटा र ध्रुवप्रसाद पाण्डे रहेका छन् ।  
भेलाले आगामी भावी कार्य योजनाहरूको बारेमा निर्वाचित पदाधिकारीहरुलार्ई सम्मान गरिएको थियो । कार्यक्रममा अतिथीहरु नेपाल राष्ट्रिय शिक्षक संगठन सचिव भवानी हुमागाईं, पेशागत महासघंका पूर्व अध्यक्ष उद्धप्रसाद अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रम पाँचखाल नगर समितिका अध्यक्ष वैकुण्ठ प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।