2026 September 02/ 04:44: 28pm

बनेपा/नेकपा एमाले बनेपा नगर ७ नम्बर वडा कमिटीको वडा भेला जिल्ला कमिटी सदस्य हरिसरण दाहालको प्रमु आतिथ्यतामा सम्पन्न भएको छ । 
प्रमुख अतिथी दाहालले कार्तिक ६ गते देशैभर वडा अधिबेशन र ९ गते पालिका अधिबेशन सम्पन्न गर्ने बताउनु भयो । पाटिीका धेरै समय देखी रोकिएका कामहरु तिब्र रुपमा अगाडी बढेको बताउनु भयो । पार्टीको विद्यान अनुसार वडा अधिबेशन हुने दाहालले बताउनु भयो । कार्यक्रममा नेकपा एमाले जिल्ल कमिटी सदस्य एवं नगर सह ईन्चार्ज कुमार तिमल्सिना, नगर अध्यक्ष लक्ष्मी नरसिं बादे श्रेष्ठ, अनेम सघं जिल्ला कमिटी सदस्य एवं उप प्रमुख रेखा सापकोटा दाहाल पुर्व जिल्ला कमिटी सदस्य रामशरण दाहाल, नेकपा एमाले नगर सचिब सागर कपाली, उप सचिब सिताराम दाहाल लगाएतको सहभागिता रहेको थियो । अधिबेशन बाट वर्ण शाक्यको अध्यक्षतामा २१ सदस्य नयाँ वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्ष रोशनी उपाध्यय, सचिब मुक्तिनाथ तौजले लगाएत रहनु भएको छ । अधिबेशन वर्ण शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो । अधिबेशनमा निर्वाचन समिती संयोजक नगरका उप सचिब सिताराम दाहालको संयोजकमा समिती गठन गरिएको छ ।