2026 September 01/ 02:53: 34pm

बनेपा/आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले पुनः नवराज घोरसाईनेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा उपाध्यक्ष श्याम थापा, सचिव डम्बरबहादुर लम्साल, कोषाध्यक्षमा सुनिल चौलागाई, सदस्यरुमा सम्झना थापा, रसिला थापा, देवनारायण तिमल्सिना लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा बिनोद बजगाँई, सदस्यहरुमा अनुमिका पाण्डे, विष्णुप्रसाद नराल निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमको सभापति नवराज घोरसाईनेलेसंस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनु भयो  । सरस्वती पुजाको दिन बाल सदस्यहरुलाई स्टेशनरी सामाग्री वितरण,  संस्थाको बाह्रौ बार्षिक उत्सवको अवसरमा पलाञ्चोक भगवतीको मन्दिर सरसफाई गरि ६ वटा डस्विन उपलब्ध गराएको, ३२ जनालाई राहत सुबिधा प्रदान गरेको थियो, मृत्यु राहत २ जनालाई, पारिवारिक मृत्यु समवेदना राहत ५ जनालाई, सदस्य सुत्केरी राहत १२ जनालाई, सदस्य सुत्केरी राहत (शल्यक्रिया) ५ जनालाई, सदस्य स्वास्थ्य उपचार राहत ५ जनालाई, सदस्य स्वास्थ्य शल्यक्रिया उपचार राहत ३ जनालाई प्रदान गरिएको घोरसाईनेले वताउनु भयो । 
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितीको प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो । संस्थाको  कुल शेयर पूँजी १ करोड २५ लाख ५१ हजार, कुल कारोबार १५ करोड ३८ लाख १६ हजार रहेको जनाएको छ । संस्थाले बनेपा, पाँचखाल र नमोबुद्ध सेवा कार्यलयबाट शेयर सदस्यहरुलाई सेवा दिँदै आएको छ । साधारण सभा असोज १३ गतेदेखि शुरु गरि १६ समापन गरिएको प्रमुख कार्यकारी अधिकृत सविना पन्तले वताउनु भयो ।