2026 September 01/ 02:46: 40pm

    पनौती/पनौतीमा केन्द्रिय कार्यालय रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सहकारीमा उत्कृष्ट कार्य गर्ने शेयर सदस्यहरुलाई सम्मान गरेको थियो । 
    ३ हजार ८ सय १६ सदस्य रहेको उक्त सहकारीमा १६ वटा समुह र ११ वटा उप समिति छन् । शेयर सदस्यहरुको हितका लागि समुहले उद्यम विकास तथा अन्य कार्यहरु गर्नेछन् । ३ करोड ५८ लाख ११ हजार २ सय शेयर पुँजी रहेको सहकारीमा ३९ करोड ५९ लाख ३५ हजार ६ सय ६८ रुपैया बचत रहेको छ । त्यस्तै ३७ करोड २६ लाख ऋण लगानी गरेको सहकारीले १ करोड ६२ लाख जगेडा कोषमा जम्मा गरेको छ । शेयर सदस्यहरुको हितका लागि कोभिड १९ को महामारीमा ऋणको ब्याजमा सहुलियत दिएको छ भने सदस्यहरुको जीवन विमा, दुर्घटना विमा, स्वास्थ्य विमा र ऋणीको समेत विमा गरिएको अध्यक्ष रोशनकुमार श्रेष्ठले बताउनु भयो । पनौतीका हरेक वडामा सक्रिय रहेका समुहहरुले शेयर सदस्यहरुको आर्थिक समृद्धिका लागि विना धितो ब्यवसायको परियोजना अनुसार ५ लाख रुपैयाँसम्म ऋण लगानी गर्न शुरु गरिएको छ । लुघ वित्त कार्यक्रम, वित्तिय साक्षरता, कृषि समुह गठन गरी उद्योग, कृषि, पर्यटन र ब्यवसायलाई सँगसँगै अगाडी लैजाने योजना रहेको अध्यक्ष रोशनकुमार श्रेष्ठले बताउनु भयो ।
    सभामा सचिव ऋषिराज सापकोटाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष विमल कार्कीले आर्थिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक सहकुल बस्नेतले प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष सनिलसुन्दर सैजुको स्वागत मन्तब्य रहेको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए । कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारीका प्रथम उपाध्यक्ष इन्द्र अधिकारी, वडा अध्यक्ष रामचन्द्र नास्नानी, पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, सामुदायिक साकोसका लेखा समिति संयोजक हरि तिमल्सिना, बागमती प्रदेश सहकारीका प्रवन्धक केशव दाहाल, एकिकृत साकोसका अध्यक्ष भरत रावल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अध्यक्षहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।