2026 May 18/ 02:49: 09pm

बनेपा/लायन्स क्लब अफ काभ्रेको सन् २०२१÷२२ का अध्यक्ष सुरेशभक्त भोछिभोयालाई २०२१÷२१ का अध्यक्ष सुशन राजवंशीले पद हस्तान्तरण गर्नु भएको छ । 
पद हस्तान्तरण गर्दे निर्वतमान अध्यक्ष सुशन राजवंशीले लायन्स भनेको एउटा विशुद्ध सामाजिक संस्था भएकाले यसले सामाजिक कार्यहरुमात्र गर्ने बताउनु भयो । कार्यक्रममा लायन्सले बनेपामा एउटा ईतिहास बनाईसकेको पूर्व अध्यक्षहरुले बताउनु भएको थियो । 
कार्यक्रममा आगामी कार्य समितिमा प्रथम उपाध्यक्ष पदम सुन्दर श्रेष्ठ, द्वितिय उपाध्यक्ष सरिता पलाञ्चोके, तृतिय उपाध्यक्ष ईश्वर महाजु सचिव सुरज श्रेष्ठ, कोषाध्यक्ष निर्मला ताम्राकार, सह–सचिव सरोज कुमार तिमल्सिना, सह–कोषाध्यक्ष दिब्या लाखे, टेल टिवस्टर ईश्वरी श्रेष्ठ, टेगर विकास पन्त, लगायत रहेका छन् । कार्यक्रममा अध्यक्ष सुरेश भोछिभोयाले आगामी कार्यक्रमका बारेमा बताउनु भएको थियो । क्लबले रक्तदान, युवा लक्षित कार्यक्रम, विभिन्न सामाजिक कार्य गर्ने बताउनु भएको थियो । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य सघंका अध्यक्ष राजेन्द्र कर्मचार्य, ३२५ डिस्ट्रक लियो क्लब एरियाका को– अडिनेटर अमन पोटे, डिस्ट्रक को–अर्डिनेटर पूर्ण पलाञ्चोके लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सञ्चालन तत्कालीन सचिव ईश्वर माहाजुले र कार्यक्रमको सभापतित्व अध्यक्ष सुशन राजवंशीले गर्नु भएको थियो ।