2026 August 28/ 10:48: 12pm

    बनेपा/साहित्यकार सुभद्रा दहाल र लक्ष्मी बडाल सम्मानित भएका छन् । पनौतीमा आयोजित कार्यक्रममा अक्षरमार्गले उहाँहरुलाई सम्मान गरेको हो । नारी दिवसको अवसर पारेर स्रष्टाद्वयलाई नेपाली साहित्यमा योगदान गरेवापत दोसल्ला, फूलमाला, टीका, सम्मानपत्र, उपहार प्रदान गरेर कार्यक्रमका प्रमुख अतिथि विजयध्वज थापाले सम्मान समर्पण गरेका थिए ।
    सिर्जनालयको पाँचौं श्रृङ्खला अन्तर्गत भएको कार्यक्रममा काठमाडौको घुम्ती टोलीलाई स्वगत गरिएको थियो । कार्यक्रमको दोस्रो चरणमा मुक्तक बाचन गरिएको थियो । कठमाडौंका र काभ्रेका गरी करिब तीन दर्जन मुक्तककारहरूले देशभक्ति, राजनैतिक विकृति, सामाजिक विकृति आदिका बारेमा मुक्तक बाचन गरेका थिए । साहित्यकार सूर्यप्रसाद लाकोजूको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि अतिथि विजयध्वज थापा, रुद्र अधिकारी, रविन्द्र आषिश शैली, भुवन सिवाकोटी, सुभद्रा दहाल, लक्ष्मी बडाल, दुर्गा किरण, विजय कर्माचार्य, गीता दाहाल, रामसुन्दर देउजा, ओतबहादुर खड्का लगायतले मन्तब्य राखेका थिए ।