बनेपा/ईलाका प्रहरी कार्यालय बनेपामा कार्यरत प्रहरी निरिक्षक सुनिल जंग शाहको विदाई गरिएको छ । जिल्लाका विभिन्न संघ संस्थाहरुले प्रहरी निरिक्षक शाहको भब्य विदाई गरेका छन् ।
बनेपा र जिल्लाकै शान्ति सुरक्षामा शाहले पु¥याएको योगदानको स्मरण गर्दै सम्मानका साथ विदाई गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा एसपी रविराज खड्का, डिएस्पी दिपक गिरी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, मानवअधिकारकर्मी भोजराज तिमल्सिना लगायतले प्रहरी निरिक्षक शाहले जिल्लामा पु¥याएको योगदानको चर्चा गरे । शाहले अरनिको राजमार्ग अतिक्रमण हटाउन, दुर्घटनामा तत्काल प्रहरी परिचालन गरी शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धानमा कृयाशिलता देखाउँदै अपराधीलाई नियन्त्रणमा लिन विशेष भूमिका खेलेका थिए । चोरी नियन्त्रण, जर्बजस्ति करणी तथा लागु औषध प्रयोगकर्ताहरुको पक्राउ जस्ता घटनामा शाहले सक्रियता देखाउँदै प्रहरी भएको अनुभुति गराएका थिए ।
नागरिकहरुको सुरक्षा पहिलो प्राथमिकता राख्दै आएका शाहलाई बनेपा लगरपालिकाले विशेषखालको सम्मान र विदाई गरेको थियो भने काभ्रे उद्योग बाणिज्य संघ, बनेपामा रहेका विभिन्न संघ संस्थाहरुले शाहको सम्मानका साथ विदाई गरेका थिए । शुक्रबारबाटै हाजिर हुने गरी बनेपामा युवा प्रहरी निरिक्षक निरञ्जन भट्टराई आएका छन् ।









